जसपासँग पार्टी एकता गर्ने प्रचण्डको प्रस्ताव « Khabarhub

जसपासँग पार्टी एकता गर्ने प्रचण्डको प्रस्ताव


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टीका नेतालाई पार्टी एकताका लागि आह्वान गरेका छन् ।

जसपाका नेता महेन्द्रराय यादवको गृहजिल्ला सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले भएको सत्ता गठबन्धनलाई पार्टी एकतामा रुपान्तरण गर्न आह्वान गरे ।

‘सर्लाहीका जनप्रतिनिधि महेन्द्र राय यादव मेरो एकदमै नजिकको मित्र हुनुहुन्छ । उहाँलाई म आग्रह गर्न चाहन्छु, क्षेत्रीय पार्टीबाट मधेसी र पहाडी जनताको मुक्ति हुँदैन । एकीकृत हौ । महासागर बनौ । किन अलग अलग जाने ?’ उनले भने ।

अध्यक्ष प्रचण्डले महेन्द्रसँगै अध्यक्ष उपेन्द्र यादवलाई पनि पार्टी एकता गर्न अपील गरे । त्यसका लागि आफू जनकपुर आउन तयार रहेको उल्लेख गर्दै जनकपुरबाटै घोषणा गर्न प्रस्ताव गरे । ‘तपाईहरु ढिलो नगर्नुस् । हाम्रो पार्टीमा अधिकार र सम्मानमा कुनै कञ्जुस्याई गर्नेछैन । ढिलो नगरी पार्टी एकता गरौ । म जनकपुर आउँछु । त्यहीँबाट घोषणा गरौं,’ उनले भने ।

उनले पार्टी एकता भए मधेसमा लहर आउने पनि बताए । ‘अब एकता नगर्ने हो भने भीरमा जानेलाई राम राम भन्न सकिन्छ । काँध थाप्न सकिँदैन । अब मधेसी जनता झुक्किने दिन गयो । कुनै शक्तिले माओवादीलाई मधेससँग जोड्न रोक्ने सक्ने छैन,’ उनले भने ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ६ : २१ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान