बार्बाडोजसँगको आवद्द्धतासँगै सन्दीपले लेखे- नयाँ परिवारमा सामेल हुन आतुर « Khabarhub

बार्बाडोजसँगको आवद्द्धतासँगै सन्दीपले लेखे- नयाँ परिवारमा सामेल हुन आतुर


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा छनोट भएसँगै नयाँ परिवारमा सामेल हुन आतुर रहेको जनाएका छन् ।

सीपीएलको ड्राफ्टमा रहेका सन्दीपलाई बुधबार बार्बाडोज ट्राइडेन्टसले ७० हजार डलरमा आवद्ध गरेसँगै सन्दीपले  टोलीमा सामेल हुन आतुर रहेको जनाएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘ म नयाँ परिवारमा सामेल हुनका लागि पर्खिन सक्दिनँ । सवैलाई धन्यवाद जसले मेरा लागि माया र सद्भाव देखाउनुभयो । जय नेपाल ।’

अघिल्लो सिजनमा सेन्ट नेभिस एण्ड पेट्रियट्सबाट ५ हजार डलरमा खेलेका सन्दीपको मूल्य यो सिजनमा एकाएक बढेको हो ।

पछिल्लो एक वर्ष विश्वका ठूला फ्रेन्चाईज लिगमा आफूलाई महत्वपूर्ण खेलाडीका रुपमा उपस्थित गराउँदै आएका सन्दीपका लागि यो सिजनको सीपीएलका लागि बार्बाडोजले ७० हजार अमेरीकी डलरको मूल्य तिरेको हो ।

नेपाली राष्ट्रिय टोलीसँगै सन्दीपले विभिन्न लिगहरुमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएका छन् । सन्दीपले अघिल्लो सिजनमा पेट्रियट्सबाट ५ खेल खेलेर १ सय ६ रन खर्चिदै ७ विकेट लिएका थिए ।

सन्दीपले २०१८–०१९ को सिजनमा अस्ट्रेलियाको बीग बास लिग (बीबीएल) मेलबर्न स्टार्सबाट खेलेका थिए ।

त्यस्तै, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग हुँदै आईपीएलमा आफ्नो दोस्रो सिजन पनि दिल्ली क्यापिटल्सबाटै खेलेका थिए ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ८ : ०५ बजे

शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन

काठमाडौं– शुक्लफाँटा राष्ट्रिय निकुञ्जका कारण  विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको

बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी

काठमाडौं– सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ

नेपाल-कोरिया पर्यटन प्रवर्द्धन समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं– एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित

काउलीमा भेटियो अत्यधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटिएको छ