कुवेत र बहराइनमा नेपाली कामदारको लागि नि:शुल्क स्वास्थ्य परीक्षण  « Khabarhub

कुवेत र बहराइनमा नेपाली कामदारको लागि नि:शुल्क स्वास्थ्य परीक्षण 


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतमा तीन सय जना नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले नेपाली कामदारको स्वास्थ्यलाई मध्यनजर गर्दै नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको हो ।

एनआरएनएले कुवेतको साल्मियास्थित मेट्रो स्पेस्लाइज्ड हस्पिटलसँगको सहकार्यमा सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट ३ सय बढी नेपाली कामदारले नि:शुल्क स्वास्थ्य सेवा लिएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले जानकारी दिएका छन् ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न स्वास्थ्य शिविरमा कानुनी तथा गैर कानुनी रूपमा कुवेतमा कार्यरत नेपाली कामदारलाई सिभिल आइडी र राहदानीको आधारमा निःशुल्क स्वास्थ्य सेवा दिइएको अध्यक्ष लामाले बताए ।

उक्त स्वास्थ्य शिविरमा एक्सरे,अल्ट्रासाउन्ड र केहीले डाक्टरको सल्लाह बमोजिम पीसीआर परीक्षणको समेत सुविधा लिएका छन् भने अधिकांश नेपालीहरूमा मधुमेह, कोलोस्टोर, रक्तचाप र पिसाब सम्बन्धी समस्या देखिएको उनले बताए ।

नेपालीहरूलाई आवश्यकता अनुसारका परीक्षण गरी रिपोर्ट दिने साथमा औषधी र फलोअप जाँचमा २० प्रतिशत छुटको ब्यबस्था गरिएको थियो ।

यसैगरी गैर आवासीय नेपाली संघ बहराइनले पनि त्यहाँस्थित अल हिलाल अस्पतालसँगको सहकार्यमा नेपाली कामदारहरूका लागि निःशुल्क स्वास्थ्य शिविरमा सञ्चालन सम्पन्न गरेको छ ।

उक्त स्वास्थ्य शिविरबाट सेवा लिन नसकेकाहरुका लागि बिहीबार अर्थात् नोभेम्बर ४ तारिखसम्म अल हिलाल अस्पतालमा निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा रहेको जनाइएको छ ।

संघका अनुसार अल हिलाल अस्पतालको कुनै पनि शाखामा गई सो समयसम्म यो सुविधा लिन सकिनेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ५७ बजे

म्याग्दीमा धान उत्पादन बढ्यो

म्याग्दी– जिल्लामा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष

एनएमएको अध्यक्षका लागि डा. दवाडीको उम्मेदवारी घोषणा 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्षका लागि डा. विश्वराज

म्यान्माको आगामी निर्वाचन स्वतन्त्र वा विश्वसनीय हुने अवस्था छैन : थाई विदेशमन्त्री

बैङ्कक– थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले आगामी महिनादेखि सुरु हुन लागेका

जेन-जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

चितवन– जेन-जी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र

जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो

काठमाडौं– बैतडीको शिवनाथ गाउँपालिका–२ मडैगाउँ स्थायी घर भई कोरियाली भाषा