१८ गड्डी तास बोकेर नर्सरीमा जुवा, प्रहरीको छापा « Khabarhub

१८ गड्डी तास बोकेर नर्सरीमा जुवा, प्रहरीको छापा


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नर्सरीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले बाँकेको खजुराबाट दुई जनालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका–२ स्थित नर्सरीमा जुवा खेलिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–३ का २८ बर्षिय अशोक बर्मा र भारतको बहराइच जिल्ला रुपैडिहा बस्ने ४० बर्षीय राधे बर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

न्यौपानेकाअनुसार उनीहरुको साथबाट ६० हजार ५०० नगद र १८ गड्डी तास बरामद गरिएको छ । नर्सरीमा जुवा खेलिरहेको भन्ने सूचना पाएपछि खोजतलास गर्दै प्रहरी पुगेपछि शनिबार राति ९ बजे नर्सरीमा जुवा खेलिरहेकै बेला दुई जना पक्राउ परेका थिए ।

प्रहरी पुगेको सुइँको पाएपछि जुवा खेलिरहेका करिब आधा दर्जन बढी जुवाडेहरु भागेको जनाइएको छ । प्रहरीले घर, पसल र होटलमा जुवातास खेल्नेमाथि निगरानी बढाउन थालेपछि जुवाडेहरु गाउँ नजिकका नर्सरी र जंगललाई सुरक्षित ठानेर लुकिछिपी जुवा अखडा चलाउन थालेका छन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : ४५ बजे

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त

आत्मदाह घटनामा विपक्षी र स्थानीय सरकारमाथि दोष थोपरेका गृहमन्त्रीको चोखिने प्रयास

काठमाडौं- मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनालाई लिएर