बेसीसहरको राक्से खोलामा नेपाली सेनाद्वारा ट्रस्ट पुल निर्माण « Khabarhub

बेसीसहरको राक्से खोलामा नेपाली सेनाद्वारा ट्रस्ट पुल निर्माण


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मजुङ– लमजुङको उदिपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले ट्रस्ट पुल निर्माण गरेको छ । डुम्रे–बेसीसहर सडक खण्डअन्तर्गत बेसीसहर नगरपालिका २ राक्से खोलामा फलामको ट्रस्ट पुल निर्माण गरेको हो ।

स्थानीयहरूले अस्थायी व्यवस्थापनका निम्ति भए पनि पुल निर्माण गर्नका लागि सेनालाई अनुरोध गरेपछि ६० हजार बराबरको लगानीमा पुल निर्माण गरिएको श्रीजङ गणका गणपति जयराम थापाले बताए ।

सेनाले ब्यारेकभित्र रहेका फलामका सामाग्री र केही सामाग्री बाहिरबाट खरिद गरी १२ फिट लम्बाइ र तीन फिट चौडाइको फलामको ट्रस्ट पुल निर्माण गरेको गणपति थापाको भनाइ छ ।

पुल निर्माण भएसँगै उक्त खोलामा पैदलयात्री र दुई पाङ्ग्रे सवारी गुडाउन सहज भएको सेनाले जनाएको छ । यसअघि कजवे मात्र रहेको उक्त खोलामा पैदल यात्री र दुई पाङ्ग्रे सवारीका निम्ति निकै कठिन भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : २० बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन