अग्युरोले तीन महिना नखेल्ने « Khabarhub

अग्युरोले तीन महिना नखेल्ने


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सर्जियो अग्युरो तीन महिना मैदान बाहिर रहने भएका छन् ।

बार्सिलोनाले यसको पुष्टि गर्दै क्लबका फरवार्डले तीन महिना फुटबल नखेल्ने बताएको छ ।

शनिबार आल्भेसविरुद्धको खेलमा उनको छातीमा समस्या देखिएको थियो ।

म्यानचेस्टर सिटीका पूर्व फरवार्डको मुटु सहित विभिन्न परिक्षण गरिएको थियो ।

उनलाई उपचारका लागि राखिएको छ । र उनको स्वास्थ्यमा नजर राखिने बताईएको छ ।

‘अबको तीन महिना उनलाई निको हुन उपचारको प्रभावकारी मुल्याङ्कन गरिनेछ,’ बार्सिलोनाले भनेको छ ।

अस्पताल लैजानु अघि अग्युरोको मैदानमै केही मिनेट उपचार गरिएको थियो ।

प्रि–सिजनमा चोट बोकेका अग्युरोले बार्सिलोनाबाट दोस्रो खेल मात्र खेलेका थिए । उनी स्पेनिस क्लबमा दुई वर्षको सम्झौता सहित आएका थिए ।

उनले करिब १० वर्ष सिटीमा बिताएका थिए । उनी सिटीका सर्वकालिन गोलकर्ता हुन् । अग्युरोले ३ सय ९० खेलमा २ सय ६० गोल गरेका छन् ।

लियोनल मेस्सीसँग खेल्ने इच्छाले अग्युरो बार्सिलोना आएपनि उनको सपना पुरा हुन सकेन । उनी आएकै सिजन मेस्सीले बार्सिलोना छाड्न पर्यो ।

खेलाडीमा चोटको समस्या झेलिरहेको बार्सिलानालाई अग्युरोको अनुपस्थितीले थप तनाव थपेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : २५ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक