तिहारमा घर जानेलाई आज र भोलि कोरोनाविरूद्धको खोप लगाइँदै | Khabarhub Khabarhub

तिहारमा घर जानेलाई आज र भोलि कोरोनाविरूद्धको खोप लगाइँदै


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुलाई आज र भोलि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी  गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा भोलिसम्म खोप दिइने जानकारी दिए ।

उनकाअनुसार आज बिहानैदेखि ती ठाउँमा घर जाने यात्रुलाई खोप दिइरहेको छ । बिहान ७ बजेदेखि साँझ ७ बजे खोप प्रदान गरिने छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले खोप लगाउनका लागि रेडक्रसका स्वम्सेवक परिचालन गरिएको बताए ।

‘बसपार्कको टिकट काउन्टरमा गई स्वयसेवकले खोप लगाउन यात्रुलाई अनुरोध गर्नेछन्’, उनले भने, ‘अनि ती घर जान लागेका यात्रु नजिकैको खोप केन्द्रमा गई खोप लगाउने छन् ।’

उनले अहिले ५०० मात्रा चारै वटा खोप केन्द्रमा पठाइएको र आवश्यकता अनुसार खोप उपलब्ध गराउने जानकारी दिए ।

भेरोसेल र एस्ट्राजेनिका खोप यात्रुलाई प्रदान गरिने छ । पहिलो मात्रा दिइसकेको ती यात्रुलाई घरबाट फर्केपछि दोस्रो मात्राको खोप प्रदान गरिने छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १२ : ३१ बजे

सत्तासँग सिद्धान्त हार्दा दलहरू बदनाम

नेपालको राजनीति फेरि गम्भीर मोडमा पुगेको छ । दलहरू संविधानत निर्णय

जङ्गली हात्ती मृत फेला

झापा– झापाको मेचीनगर नगरपालिका– १ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत

राजीनामा दिएका अखिल अध्यक्ष कडरिया फर्कन खोजेपछि बागमतीका ६ अध्यक्ष र इन्चार्जको आपत्ति

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजीनामा दिएका डाक्टर सुजन

गोरखाको अजिरकोटमा पहिलो पटक फल्यो स्याउ (तस्बिरहरू)

गोरखा– गोरखाको अजिरकोट गाउँपालिकामा पहिलो पटक स्याउको परीक्षण उत्पादन सफल

बजेट अभावमा निसीखोला आधारभूत अस्पताल अलपत्र

बागलुङ– चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल