तिहारमा घर जानेलाई आज र भोलि कोरोनाविरूद्धको खोप लगाइँदै « Khabarhub

तिहारमा घर जानेलाई आज र भोलि कोरोनाविरूद्धको खोप लगाइँदै


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहारमा घर जाने यात्रुलाई आज र भोलि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी  गोगंबु बसपार्क, कङ्लकी, बल्खु र कोटेश्वरमा भोलिसम्म खोप दिइने जानकारी दिए ।

उनकाअनुसार आज बिहानैदेखि ती ठाउँमा घर जाने यात्रुलाई खोप दिइरहेको छ । बिहान ७ बजेदेखि साँझ ७ बजे खोप प्रदान गरिने छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले खोप लगाउनका लागि रेडक्रसका स्वम्सेवक परिचालन गरिएको बताए ।

‘बसपार्कको टिकट काउन्टरमा गई स्वयसेवकले खोप लगाउन यात्रुलाई अनुरोध गर्नेछन्’, उनले भने, ‘अनि ती घर जान लागेका यात्रु नजिकैको खोप केन्द्रमा गई खोप लगाउने छन् ।’

उनले अहिले ५०० मात्रा चारै वटा खोप केन्द्रमा पठाइएको र आवश्यकता अनुसार खोप उपलब्ध गराउने जानकारी दिए ।

भेरोसेल र एस्ट्राजेनिका खोप यात्रुलाई प्रदान गरिने छ । पहिलो मात्रा दिइसकेको ती यात्रुलाई घरबाट फर्केपछि दोस्रो मात्राको खोप प्रदान गरिने छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १२ : ३१ बजे

मृतक गणेशको गाउँमा प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी (तस्बिरहरू)

सिराहा– प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध सिराहामा गोली लागेर

राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएकामा  दुःख

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका