हिमाली क्षेत्रमा आज ‘तोल ल्होसार’ पर्व मनाइँदै | Khabarhub Khabarhub

हिमाली क्षेत्रमा आज ‘तोल ल्होसार’ पर्व मनाइँदै


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले नयाँ वर्षका रूपमा आज ‘तोल ल्होसार’ पर्व धुमधामका साथ मनाउँदै छन् ।

प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन विशेष गरी हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा यो पर्व मनाइन्छ ।

तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ । ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ ।

तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ । सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ ।

तामाङ जातिले आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् । तोल ल्होसार भुटान र तिब्बतका केही स्थानमा अहिले पनि मनाउने गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ ।

हिमाली क्षेत्रका मानिस आज स्नान गरी शुद्ध हुन्छन् । घर, आँगन लिपपोत गरी चोखो बनाउँछन् । लामा पुरोहित वा घरका मुख्य मान्छेबाट पूजापाठ गरिन्छ ।

आकाशतर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ । ठूला, बडा एवं मान्यजनबाट आशीर्वाद लिइ बाबरी रोटी, फुरौला, कन्दमूल खाने गरिन्छ ।

प्रत्येक वर्ष पुस १५ मा गुरुङ समुदायले तमु ल्होसार, माघ शुक्ल प्रतिपदामा तामाङ समुदायले सोनाम ल्होसार, फागुन शुक्ल प्रतिपदामा शेर्पा समुदायले ग्याल्बो ल्होसार र फागुन शुक्ल पूर्णिमाका दिन थकाली समुदायले तोरन्ल ल्होसार मनाउने गर्दछन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ७ : ३१ बजे

सुनील पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा, दुईवटामा दोषी ठहरिएर काटिरहेका छन् सजाय

काठमाडौं- शक्तिकेन्द्र रिझाएर सधैँ मालदार सरकारी संस्थानको नेतृत्वमा बसिरहनेमध्येमा पर्छन्

सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागूऔषध’ हो : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना र विद्युतीय अपराधको जड

मधेस सरकारले थाल्यो वर्षायाम प्रारम्भ हुनुअगावै क्षति नियन्त्रणको पूर्वतयारी

महोत्तरी– बर्खा सुरु हुनुअघि मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा

विधेयक कहिले आउँछ भनी कुरेर बसेका छौँ, सभा छिटो चल्दिए हुन्थ्यो : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नीति निर्माण गर्ने महत्त्वपूर्ण

कोलम्बियाका राष्ट्रपतिका उम्मेदवार गोली प्रहारबाट घाइते

बोगोटा– कोलम्बियाका दक्षिणपन्थी विपक्षी सिनेटर तथा आगामी वर्षको राष्ट्रपति चुनावका