न्यायालयको निकास न्यायालयले नै खोजोस् : सहमहामन्त्री डा महत « Khabarhub

न्यायालयको निकास न्यायालयले नै खोजोस् : सहमहामन्त्री डा महत


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अहिले सर्वोच्चमा अदालतमा देखिएको समस्याको समाधान सर्वोच्चमै खोज्नुपर्ने बताएका छन् । प्रधानन्यायाधीशले आफैँ गम्भीर बनेर समस्याको निकास निकाल्नुपर्ने महतको धारणा थियो ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस नेता महतले बुधबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै स्वतन्त्र न्यायपालिकामा देखिएको समस्या तत्काल अन्त्य हुनुपर्ने पनि बताए । प्रधानन्यायाधीशले संविधान विपरीत कार्य गरेको भन्ने कुनै प्रमाण नभएकाले अहिलेसम्म सरकारले कुनै हस्तक्षेप नगरेको प्रष्ट्याउँदै न्याय क्षेत्रमा देखिएको समस्या त्यहीँबाट समाधान होस् भन्ने चाहेको उनले बताए ।

सर्वोच्चमा देखिएको समस्याप्रति विभिन्न टीकाटिप्पणी भए पनि संवैधानिक व्यवस्थाप्रति सबै जिम्मेवार हुनुपर्ने र समस्यालाई निकास दिँदै चाँडै न्याय सम्पादनमा सहजता ल्याउनुपर्नेमा उनको जोड थियो ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले चारवटा महत्वपूर्ण काम गर्न सफल भएको उनले बताए । बुधबार ताप्लेजुङमा पार्टीका कार्यकर्तासँग भेटघाट गर्दै गठबन्धन सरकारले गरेको कामको बारेमा उनले प्रष्ट पारे।

उनका अनुसार पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न केही ढिलाइ गरे पनि हालसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि खोप व्यवस्थापन सुनिश्चित गरेको र असंवैधानिक ढङ्गबाट गरिँदै आएको नियुक्तिलगायतका क्रियाकलाप नियन्त्रण गर्न सरकार सफल हुँदै गएको छ । परराष्ट्र सम्बन्ध सुधार र बाढी पहिरोजस्ता दैवी प्रकोपजन्य विपत्तिमा परेका पीडितलाई राहत दिने र उनीहरुको उचित व्यवस्थापन गर्ने कार्यमा सरकार लागि परेको उनले बताए ।

सहमहामन्त्री महतले पार्टीको महाधिवेशन निर्धारित समयमै हुने बताए । कोरोना महामारीका कारण पार्टी महाधिवेशनको समय पटकपटक परिवर्तन गर्नु परे पनि अब पछिल्लो पटक निर्धारण गरिएकै कार्यतालिकाअनुसार महाधिवेशन हुने उनले ठोकुवा गरे । आउँदो महाधिवेशनमा आफूले महामन्त्रीको उम्मेदवारी दिने पनि घोषणा गरे । कांग्रेस नेता महत प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा बुधबार बिहान दर्शन गरेर फर्किने क्रममा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा नेपाली कांग्रेसका पार्टी कार्यकर्तासँग भेटघाट गरेका हुन् । रासस

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ६ : ४३ बजे

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् ।

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको

एसीसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदै, नेपालले भोलि बहराइनसँग खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको एसीसी प्रिमियर कप क्रिकेट आजदेखि मलेसियामा सुरु

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ