टी–ट्वान्टी विश्वकपमा भारतको पहिलो जित « Khabarhub

टी–ट्वान्टी विश्वकपमा भारतको पहिलो जित


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जारी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पहिलो जित हात पारेको छ । यूएईमा बुधबार भएको सुपर १२ को समूह २ को खेलमा भारतले अफगानिस्तानमाथि जित हासिल गरेको हो । तीन खेलमा भारतको यो पहिलो जित हो ।

पहिलो जित हात पार्नेक्रममा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा २१० रनको विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनायो ।

अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ४२ रन बनाए भने कप्तान मोहम्मद नबीले ३५ रन बनाए ।

अफगानिस्तानलाई सस्तैमा समेट्न भारतका मोहम्मद शामीले ३ र आर आश्विनले २ विकेट लिए । जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक एक विकेट लिए ।

भारतका लागि रोहित शर्माले ७४ र केएल राहुले ६९ रन बनाए । यस्तै हार्दिक पाँड्याले ३५ तथा ऋषभ पन्तले २७ रन बनाए ।

यो जितपछि भारतको सेमिफाइनल पुग्ने सम्भावना जिवितै भएको छ । यो समूहबाट ४ खेल जितेको पाकिस्तान सेमिफाइनल पुगिसकेको छ भने अफगानिस्तान र न्यूजील्याण्डको समान ४–४ अंक छ । भारत र नामिबियाको २–२ अंक छ । स्कटल्याण्ड भने जितविहीन छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ११ : ३२ बजे

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन– अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र

आर्थिक रूपमा कमजोर दम्पतीलाई आईभीएफका लागि ’शिशु होप फन्ड’

काठमाडौं – शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफले लायन्स क्लब अफ

यूएईको अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोन आक्रमण, इरानको शिराजस्थित आवासीय क्षेत्रमा बमबारी

तेहरान-इरानको फार्स प्रान्तको राजधानी शिराजस्थित आवासीय क्षेत्रमा अमेरिका र इजरायलले

सरकारले ८ महिनामा गर्यो लक्ष्यको ५० प्रतिशत आम्दानी

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा ८ महिनामा वार्षिक लक्ष्यको ५०.८०

हुरीका कारण झापामा केराखेतीमा क्षति

झापा– तीन दिनदेखिको हुरीका कारण झापा गाउँपालिका–७ का किसानचन्द्र बस्नेतको