ओलीको क्यारिकेचर गर्दै नेपालले भने- ‘गफाडी जमातको कामै खिसिट्युरी गर्ने हो’ « Khabarhub

ओलीको क्यारिकेचर गर्दै नेपालले भने- ‘गफाडी जमातको कामै खिसिट्युरी गर्ने हो’


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई गफाडीको संज्ञा दिएका छन् ।

मध्यपुर थिमिमा पार्टी नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अहिले ओली नेतृत्वको एमाले गफाडी जमात भएको टिप्पणी गरे । गफाडीको कामै खिसिट्युरी गर्ने भएको उनको भनाइ थियो ।

ओलीकै शब्द र स्वरमा क्यारिकेचर गर्दै अध्यक्ष नेपालले भने, ‘अस्ति भर्खर रौतहटमा १५ हजार मान्छेको बीचमा शुभकामना आदानप्रदान कार्यक्रम भयो । हाम्रा विरोधी भनिनेहरु खिसिट्युरी गर्दै थिए, ‘कति मान्छे आउलान र जम्मै कुर्सी नै खाली होला’ भन्या थे । जब त्यहाँ १५ हजार मानिस ओर्लिए । दुई हजार मोटरसाइकल सडकमा कुद्न थाले । पूरा जिल्लामा तरंग पैदा गर्‍यो । सातो गएछ तिनीहरुको ।’

उनले थपे, ‘उनीहरुको कामै खिसिट्युरी गर्ने हो । गफडी जमात हो । त्यो बाहेक केही जानेकै छैन । काम गर्ने कम गफ गर्ने ज्यादा, गाउँघरमा यस्तालाई गफाडी भनिन्छ । हामी कामकाजी हौँ । विराटनगर मोरङमा पनि दुई हजार आउलान कि भन्ने थियो, सात हजार मान्छे आइदिए । सोचेको भन्दा पनि आकर्षण छ । कैलाली, कञ्चनपुर, पोखरा, स्याङ्जा पुगेको थिए नयाँ तरंग छ ।’

सबै ठाउँमा मान्छेहरु नयाँ पाटीबाट नयाँ ढंगले जान खोजेको उनको दाबी छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ९ : ५० बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव