ओलीको ‘टार्गेट’ म तिरै छ, सबै मिलेर मलाई हराउन चाहान्छन् : प्रचण्ड (भिडियोसहित) « Khabarhub

ओलीको ‘टार्गेट’ म तिरै छ, सबै मिलेर मलाई हराउन चाहान्छन् : प्रचण्ड (भिडियोसहित)


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशीविदेशी प्रतिक्रान्तिकारी र प्रतिगामीहरू आफूलाई हराउने मिसनमा लागेको आरोप लगाएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाले बिहीबार नेपाल संवतका अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले जनतामा माओवादीप्रति उभार देखिन थालेपछि उनीहरू आत्तिएर माओवादी सिध्याउन लागि परेको बताए ।

आफूले मूल मुद्दालाई फेरि उठाएकाले पार्टिभित्र आशा, उत्साह र भरोसा पलाएको उनले दाबी गरे । तर यसबाट प्रतिगामीहरु अत्तालिएको उनले बताए ।

ओलीलाई संकेत गर्दै दाहालले भने– तपाईहरुले हिजो अस्तिका भाषा पनि सुन्नुभयो होला, उनको टार्गेट माओवादी होइन, प्रचण्डप्रति देखिन्छ । प्रतिक्रान्तिकारी प्रतिगामीहरु जसरी हुन्छ प्रचण्ड सिध्याउने भनेर लागेका छन् । अहिले अनौठो लाग्न सक्छ,सबै मिलेर प्रचण्डलाई हराउनेमा छन् ।’

 

उनले पहिचान र समानुपातिक चुनावी प्रणालीको मुद्दा नछाडेको र त्यसलाई घनिभूतरुपमा उठाउने बताएका छन् । संविधानसभा पहिचानको विषयलाई नोट अफ डिसेन्ट राखेको उनले स्मरण गराए ।

पूर्वसचिव रामेश्वर खनालले माओवादी सिद्धिनुपर्छ भनेर दिएको अभिव्यक्तिमा पनि उनले आपत्ति जनाए ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ११ : ०४ बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव