ओलीको ‘टार्गेट’ म तिरै छ, सबै मिलेर मलाई हराउन चाहान्छन् : प्रचण्ड (भिडियोसहित) « Khabarhub

ओलीको ‘टार्गेट’ म तिरै छ, सबै मिलेर मलाई हराउन चाहान्छन् : प्रचण्ड (भिडियोसहित)


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशीविदेशी प्रतिक्रान्तिकारी र प्रतिगामीहरू आफूलाई हराउने मिसनमा लागेको आरोप लगाएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाले बिहीबार नेपाल संवतका अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले जनतामा माओवादीप्रति उभार देखिन थालेपछि उनीहरू आत्तिएर माओवादी सिध्याउन लागि परेको बताए ।

आफूले मूल मुद्दालाई फेरि उठाएकाले पार्टिभित्र आशा, उत्साह र भरोसा पलाएको उनले दाबी गरे । तर यसबाट प्रतिगामीहरु अत्तालिएको उनले बताए ।

ओलीलाई संकेत गर्दै दाहालले भने– तपाईहरुले हिजो अस्तिका भाषा पनि सुन्नुभयो होला, उनको टार्गेट माओवादी होइन, प्रचण्डप्रति देखिन्छ । प्रतिक्रान्तिकारी प्रतिगामीहरु जसरी हुन्छ प्रचण्ड सिध्याउने भनेर लागेका छन् । अहिले अनौठो लाग्न सक्छ,सबै मिलेर प्रचण्डलाई हराउनेमा छन् ।’

 

उनले पहिचान र समानुपातिक चुनावी प्रणालीको मुद्दा नछाडेको र त्यसलाई घनिभूतरुपमा उठाउने बताएका छन् । संविधानसभा पहिचानको विषयलाई नोट अफ डिसेन्ट राखेको उनले स्मरण गराए ।

पूर्वसचिव रामेश्वर खनालले माओवादी सिद्धिनुपर्छ भनेर दिएको अभिव्यक्तिमा पनि उनले आपत्ति जनाए ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ११ : ०४ बजे

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल