अछामका १० मध्ये आठ स्थानीय तहमा एमालेको नयाँ नेतृत्व « Khabarhub

अछामका १० मध्ये आठ स्थानीय तहमा एमालेको नयाँ नेतृत्व


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामका १० स्थानीय तहमध्ये आठमा एमालेले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । साँफेबगर, मंगलसैन र कमलबजार नगरपालिका तथा बान्नीगढी जयगढ गाउँपालिका, चौरपाटी, मेल्लेख, ढकारी र तुर्माखाँद गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

तर, पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकामा भने नेतृत्व चयन गर्न बाँकी छ ।

मंगलसैनमा बीर्ख बोगटीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन भएको छ । उपाध्यक्षमा तकेन्द्र रावल, सचिव डम्मर रावल, उपसचिवमा लालसरि सुनार र कालुसिह विक रहेको एमाले अछामका कार्यालय सचिव लिलाराज केसीले जानकारी दिए ।

साँफेबगरमा ललित कुँवरको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन गरिएको छ । उपाध्यक्षमा उपाध्यक्षमा ललित रैगाई, सचिवमा ललित बोगटी र उपसचिवमा यदिन मिया चयन भएका छन् ।

कमलबजारमा खेमराज जोशीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको छ । उपाध्यक्षमा लोकबहादुर शाही, सचिवमा दुर्गाप्रसाद तिमेलसैना तथा उपसचिवमा कमलप्रसाद बजगाईँ र जुना खड्का छन् ।

तुर्माखाँदमा गौमती शाहीको अध्यक्षतामा ७५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । उपाध्यक्षमा धनबहादुर साउँद, सचिवमा पदमबहादुर बिसी तथा उपसचिवमा नवराज धमाला र विनोद शाही छन् ।

रपाटीमा झंकर साउँदको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ । उपाध्यक्षमा प्रेम खड्का, सचिवमा पूर्ण खड्का तथा उपसचिवमा रमेश विक र लक्ष्मीदेवी खड्का छन् ।

बान्नीगढीमा हर्कबहादुर साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । उपाध्यक्षमा गणेशबहादुर साउँद, सचिवमा लोकबहादुर ठकुल्ला् तथा उपसचिवमा प्रेमबहादुर रावल र प्रगति रावल छन्।

ढकारीमा अम्बरबहादुर बुढाको अध्यक्षतामा ६१ सदस्यीय गाउँ कमिटी चयन भएको छ। उपाध्यक्षमा भवानिप्रसाद उपाध्याय, सचिवमा नहकुल साउँद, सहसचिवमा हिक्मत साउद र जानकी साउँद बोहरा छन् ।

मेल्लेखमा केशर साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । उपाध्यक्षमा अनिल शाह, सचिवमा सुरेन्द्र साउँद र उपसचिवमा चन्द्रकला बुढा रहेका छन्।

पञ्चदेवल विनायक नगरपालिकामा २१ गते पालिका अधिवेशन हुने एमालेले जनाएको छ । रामारोशन गाउँपालिकामा बन्द सत्र २० गतेका लागि सारिएकोकार्यालय सचिव केसीले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ३ : १५ बजे

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् ।

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको