अछामका १० मध्ये आठ स्थानीय तहमा एमालेको नयाँ नेतृत्व | Khabarhub Khabarhub

अछामका १० मध्ये आठ स्थानीय तहमा एमालेको नयाँ नेतृत्व


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछामका १० स्थानीय तहमध्ये आठमा एमालेले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । साँफेबगर, मंगलसैन र कमलबजार नगरपालिका तथा बान्नीगढी जयगढ गाउँपालिका, चौरपाटी, मेल्लेख, ढकारी र तुर्माखाँद गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

तर, पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकामा भने नेतृत्व चयन गर्न बाँकी छ ।

मंगलसैनमा बीर्ख बोगटीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी गठन भएको छ । उपाध्यक्षमा तकेन्द्र रावल, सचिव डम्मर रावल, उपसचिवमा लालसरि सुनार र कालुसिह विक रहेको एमाले अछामका कार्यालय सचिव लिलाराज केसीले जानकारी दिए ।

साँफेबगरमा ललित कुँवरको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन गरिएको छ । उपाध्यक्षमा उपाध्यक्षमा ललित रैगाई, सचिवमा ललित बोगटी र उपसचिवमा यदिन मिया चयन भएका छन् ।

कमलबजारमा खेमराज जोशीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको छ । उपाध्यक्षमा लोकबहादुर शाही, सचिवमा दुर्गाप्रसाद तिमेलसैना तथा उपसचिवमा कमलप्रसाद बजगाईँ र जुना खड्का छन् ।

तुर्माखाँदमा गौमती शाहीको अध्यक्षतामा ७५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । उपाध्यक्षमा धनबहादुर साउँद, सचिवमा पदमबहादुर बिसी तथा उपसचिवमा नवराज धमाला र विनोद शाही छन् ।

रपाटीमा झंकर साउँदको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ । उपाध्यक्षमा प्रेम खड्का, सचिवमा पूर्ण खड्का तथा उपसचिवमा रमेश विक र लक्ष्मीदेवी खड्का छन् ।

बान्नीगढीमा हर्कबहादुर साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । उपाध्यक्षमा गणेशबहादुर साउँद, सचिवमा लोकबहादुर ठकुल्ला् तथा उपसचिवमा प्रेमबहादुर रावल र प्रगति रावल छन्।

ढकारीमा अम्बरबहादुर बुढाको अध्यक्षतामा ६१ सदस्यीय गाउँ कमिटी चयन भएको छ। उपाध्यक्षमा भवानिप्रसाद उपाध्याय, सचिवमा नहकुल साउँद, सहसचिवमा हिक्मत साउद र जानकी साउँद बोहरा छन् ।

मेल्लेखमा केशर साउँदको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी चयन भएको छ । उपाध्यक्षमा अनिल शाह, सचिवमा सुरेन्द्र साउँद र उपसचिवमा चन्द्रकला बुढा रहेका छन्।

पञ्चदेवल विनायक नगरपालिकामा २१ गते पालिका अधिवेशन हुने एमालेले जनाएको छ । रामारोशन गाउँपालिकामा बन्द सत्र २० गतेका लागि सारिएकोकार्यालय सचिव केसीले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ३ : १५ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ