कोरोनाविरुद्धको खाने औषधिलाई बेलायतले दियो अनुमति « Khabarhub

कोरोनाविरुद्धको खाने औषधिलाई बेलायतले दियो अनुमति


१८ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायत संसारमा कोरोनाविरुद्धको खाने औषधि (गोली) लाई प्रयोगमा अनुमति दिने पहिलो देश बनेको छ ।

अमेरिकाको औषधि कम्पनी मर्क र रिजब्याक बायोथेराप्याटिक्सको साझा प्रयासमा विकसित गरिएको खाने औषधिलाई बेलायतमा अनुमति दिइएको हो ।

बेलायतका मेडिसन तथा हेल्थकेयर उत्पादनको नियामक प्राधिकरण एमएचआरएले मोलनूपीरावीर नामको यो औषधिलाई क्लिनिकल डाटाका आधारमा अनुमति दिएको हो । यो औषधि कोराना संक्रमण देखिएपछि संक्रमित भएको पाँच दिनपछि खान सकिने छ ।

यो संसारमा कोरोनाविरुद्ध खाने औषधिका रुपमा प्रयोगका लागि अनुमति पाउने पहिलो औषधि हो । उता अमेरिकी अधिकारीहरुले यसै महिना यो औषधि प्रयोगका लागि अनुमति दिने वा नदिने विषयमा निर्णय गर्ने बीबीसीले जनाएको छ।

संसारभर हालसम्म कोरोना संक्रमणबा ५२ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । हालसम्म कोरोनाविरुद्धको खोपलाईमात्र अनुमति दिइएको थियो । यसका साथै जीलिएडको एंटी भाइरल औषधि रेमडिसिभीर र जेनेरिक स्टेरायड डेक्सामीथासोनलाई अस्पतालहरुमा उपचारका क्रममा संक्रमितलाई दिने गरिएको छ । गत महिना प्राप्त क्लिनिकल डाटाअनुसार मर्कको औषधि मोलनूपीरावीरले कोरोनाबाट हुने मृत्युलाई आधा गरिदिन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ९ : १२ बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि