राजदूत पाण्डे र मलेसियाली मानव संशाधन मन्त्रीबीच भेट, स्वास्थ्यको विषय मंगलवार भित्र टुंगिने « Khabarhub

राजदूत पाण्डे र मलेसियाली मानव संशाधन मन्त्रीबीच भेट, स्वास्थ्यको विषय मंगलवार भित्र टुंगिने


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधन मन्त्री कुला शेरागनबीच बिहीबारमलेसियाको पुत्राजयमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटमा आउदो मंगलबारसम्म नयाँ मापदण्डअनुसार स्वास्थ्य मेडिकल संस्था टुंग्याउने विषयमा छलफल भएको मलेसियास्थीत नेपाल दूतावासले जानकारी दिएको छ ।

मानव संशाधन मन्त्रीसँग भएको भेटमा पछिल्लो प्रगति र अन्य विषयमा छलफल भएको राजदूत पाण्डेले बताए ।

मलेसियासँग कामदारको स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्यकासँग जोडिएका विषय चाँडै टुगांउन गरि छलफल भएको पाण्डेको भनाइ छ ।

मलेसिया मन्त्री शेरागनले मंगलबारसम्म सवै विषय टुगाउने आश्वासन दिएको उनले जानकारी दिए ।

मलेसियामा नेपाली कामदार जान एक वर्षदेखि रोकिएको छ । मन्त्रीसँगको भेटमा राजदूत पाण्डेले स्वास्थ्य मापदण्ड पुगेका सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने भन्दै तत्काल अनुगमनका लागि टोली पठाइदिन आग्रह गरेको जानकारी दिए ।

हाल काम गरिरहेका ३९ वटा स्वास्थ्य संस्थाका बारेमा पनि छलफल भएको राजदूत पाण्डे बताए । ती कम्पनीलाई मलेसियाको बेस्टिनेट कम्पनीले छानेको हो । यसका समयअवधि अझ डेढ वर्ष छ । हाल नेपालले मलेसिया जाने कामदारका स्वास्थ्य परिक्षण गर्ने मेडिकल संस्थाको छनोट गरिरहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ३ : २२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते