गाउँगाउँमा सुरक्षा गस्ती « Khabarhub

गाउँगाउँमा सुरक्षा गस्ती


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- चार्ड पर्वलाई लक्षित गरी रसुवाका गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको छ ।

तिहार पर्व मान्नका लागि मानिसको चाप गाउँघर केन्द्रित भइसकेका कारण शान्ति सुरक्षालाई मध्यनजर राखी गाउँमा थप सुरक्षा गस्ती परिचालन भएको हो ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क साथ चाडपर्व मान्न रसुवावासीलाई आग्रह गरेको छ । कुनै पनि नागरिकलाई सुरक्षा आवश्यक परेमा गस्तीका साथै गाउँ ठाउँमा रहेका प्रहरीचौकीबाट सहयोग लिन स्थानीयवासीका साथै आम पर्यटकलाई आग्रह गरिएको छ ।

रसुवावासीको सुरक्षार्थ १३ वटाभन्दा बढी प्रहरीचौकी रहेको  जानकारी दिँदै प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले आवश्यक शान्ति सुरक्षा प्रदान गर्न नेपाल प्रहरी २४ सै घण्टा तयार रहेको जानकारी दिए । राजमार्गअन्तर्गत बेत्रावती, कालिकास्थान, ग्राङ, धुञ्चे, स्याफ्रुबेँसी, टिमुरे, रसुवागढी, हाकुबेँसी र मैलुङ क्षेत्रमा प्रहरीचौकी रहेका छन् ।

यसैगरी ग्रामीण क्षेत्रका लागि डाँडागाउँ, पारच्याङ, लाङटाङ, थुमन, थाम्बुचेतसमेत स्थानबाट सेवा प्रदान भइरहेको प्रनाउ पाण्डेले जानकारी दिए । गाउँ क्षेत्रका प्रायः स्थानमा सडक सञ्जाल जोडिएको र प्रहरीलाई सवारी साधनको समेत व्यवस्था भएकाले कुनै पनि नागरिकले सुरक्षा माग्दासाथ तुरुन्तै प्रहरी पुग्ने वातावरण रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

यस्तै चाडपर्वको मौका छोपी वन जङ्गलमा हुनसक्ने अवैध क्रियाकलाप रोक्न लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकामा थप सुरक्षा गस्तीको व्यवस्था गरेको निमित्त प्रमुख संरक्षण अधिकृत रमेश गौडाले जानकारी दिए ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लाअन्तर्गत हिमाली क्षेत्रको एक हजार ७१० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जको जैविक विविधता संरक्षणका लागि नेपाली सेना विष्णुदल गण तैनाथ रहेको बताइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ११ : २० बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार