पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, निर्वाचन घोषणा « Khabarhub

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद् विघटन, निर्वाचन घोषणा


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्बोन– पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद् विघटनको घोषणा गरेका छन्

उनले विहीवार संसद् विघटन गरिएको घोषणा गर्दै आगामी संसदीय निर्वाचनका लागि मितिसमेत तोकेका छन् ।

राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उनको सम्वोधनमा आगामी सन् २०२२ को जनवरी ३० मा निर्वाचन गर्नेगरी मिति तोकिएको छ ।

देशमा उत्पन्न राजनीतिक सङ्कट अन्त्यका लागि अहिलेको संसदबाट समाधान ननिस्किएकाले यो संसद् विघटन गर्दै नयाँ संसद् गठनका लागि निर्वाचन गर्नु परेको उनले उल्लेख गरेका छन् ।

सोसियलिष्ट पार्टी (पीएस) को अहिलेको सरकारले ल्याएको बजेट गत महिना संसदबाट अस्विकृत भएपछि पोर्चुगलको राजनीतिक सङ्कट नयाँ मोडमा पुगेको हो ।

पोर्चुगलको संसदीय इतिहासमा ४५ वर्षपछि पहिलो पटक संसदबाट बजेट अस्विकृत भएको अधिकारीले जनाएका छन्।

संसदबाट बजेट अस्विकृत गरेमा संसद् विघटन गरी निर्वाचनको घोषणा गरिदिने चेतावनी राष्ट्रपति सुजाले यसअघि नै दिँदै आएका थिए ।

वर्तमान राजनीतिक सङ्कट समाधानका लागि संसद् विघटन गरी निर्वाचन घोषणा गर्नुको अर्को विकल्प नभएको उनको भनाइ छ । सिन्ह्वा

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ९ : ४० बजे

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको