छिटो छिटो पिसाब लाग्छ ? अपनाउनुहोस् यी उपाय « Khabarhub

छिटो छिटो पिसाब लाग्छ ? अपनाउनुहोस् यी उपाय


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सामान्यतया धेरै तरल पदार्थ पिउँदा पिसाब बढी लाग्ने गर्दछ । जो सामान्य हो । तर औसत पानी पिउँदा पनि छिटो छिटो पिसाब लाग्छ भने यो अन्य कारणले हुनसक्छ । तसर्थ यस्तो समस्या भएमा यसलाई वेवास्ता गर्नु हुदैँन ।

औसत रुपमा एक दिनमा ५ देखि ७ पटकसम्म पिसाब आए ठिकै हुन्छ । ७ पटकसम्म पिसाब आउँदा मृर्गौला स्वस्थ भएको मानिन्छ । तर दिनमा कम्तीमा पनि १० भन्दा बढी पटकसम्म पिसाब आयो भने त्यो स्वास्थकालागि खतरा पनि हुन सक्छ ।

सामान्य पानी पिउँदा पनि पटक पटक वा बढी पटक पिसाब लाग्छ भने, त्यसले शारीरक समस्याको संकेत गर्दछ । त्यस्तो भएमा चिकित्सकको परामर्श लिनु पर्दछ । यसबाट केहि घरेलु उपायमार्फत पनि छुटकारा पाउँन सकिन्छ ।

घरेलु उपायहर

– अनारको बोक्रालाई पिध्ने र त्यसमा ५ ग्राम पानी मिसाएर पिउने । दैनिक यसो गरेमा छिटो छिटो पिसाब लाग्दैन ।

– मेथीको धुलोमा अदुवा, मह र पानी मिसाएर दिनमा २ देखि ४ पटकसम्म पिउँदा पिसाब कम लाग्छ ।

– दहीमा प्रोबायाटिक ब्याक्टेरिया हुने हुनाले दहीको सेवन गर्नाले शरीरमा किटाणु बढ्न दिंदैन । त्यसैले दैनिक रुपमा दही खानाले छिटो छिटो पिसाब लाग्दैन ।

– तिलसँग सक्खर वा ज्वानो मिसाएर खादाँ पनि छिटो छिटो पिसाब लाग्ने समस्या कम हुन्छ ।

– तीन चारवटा तुलसीको पातमा एक चम्चा मह मिसाएर खाली पेटमा खाँदा पनि यसले पिसाब छिटो लाग्ने समस्या हराउँछ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ६ : ३० बजे

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली