र्‍यापर ट्रेविसको कन्सर्टमा भागदौड हुँदा ८ जनाको मृत्यु « Khabarhub

र्‍यापर ट्रेविसको कन्सर्टमा भागदौड हुँदा ८ जनाको मृत्यु


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकाको ह्यूस्टनमा आयोजित ट्रेविस स्कट के एस्ट्रोवर्ल्डको सांगितिक कार्यक्रमा भागदैड हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । घटनामा कैयौँ घाइते भएको बीबीसीले जनाएको छ ।

आपतकालीन अधिकारीहरुले भीड स्टेजतर्फ बढेपछि भागदौड मच्चिएको बताएका छन् । कार्यक्रममा करिब ५० हजार मानिस सहभागी रहेका थिए । घटनापछि हार्ट अट्याकका कारण विरामी परेका ११ जनाालाई अस्पताल भर्ना गरिएको थियो । ती मध्ये ८ जनाको मृत्यु भएको हो ।

कार्यक्रममा सहभागी कम्तिमा ३ सय मानिसलाई चोटपटक लागेको जनाइएको छ । स्थनीय नेता तथ ह्यारिस काउंटीकी जज लीना हिडाल्गले यो घटनालाई निकै दुःखद् भनेकी छन् । उनले यस्ता रमाइलो हुने कार्यक्रममा मानिसहरु खुशी हुन आउने भन्दै यसप्रकारको घटनाको अपेक्षा नगरिने बताएकी छन् ।

ह्यूस्टनका अग्नि नियन्त्रक प्रमुख स्यामूएल पेनाले स्थानीय समय अनुसार शुक्रबार अबेर सवा नौ बजेपछि भागदौड सुरु भएको बताएका छन् । उनले भीड स्टेजतर्फ अगाडि बढेपछि भागदौड मच्चिएको बताए । यो घटनापछि शनिबार आयोजना हुने थप कार्यक्रमहरु स्थगित गरिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ६ : २० बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर