खेल मैदानमा पानी जमेपछि डीपीएल पछि सर्यो « Khabarhub

खेल मैदानमा पानी जमेपछि डीपीएल पछि सर्यो


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– केही दिन यता परेको लगातारको पानीले आजबाट हुने भनिएको धनगढी प्रिमियर लिग (डीपीएल) प्रभावित भएको छ । खेलमैदानमा पानी जमेपछि खेल दुई दिन पछि मात्र हुने आयोजनकले जानकारी दिएको छ ।

वर्षाका कारण कारण मैदान खेल्न योग्य नभएपछि शनिबारको सट्टा अब सोमबारबाट प्रतियोगिता सुरु हुनेछ । फाइनल भने पूर्व निर्धारित मिति फागुन ११ गते नै हुने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।
फाप्ला क्रिकेट मैदानमा फागुन २८ गते पहिलो खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच हुने छ । सोही दिन दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड र रुपेन्देही च्यालेन्जर्सबीच हुनेछ । राउण्ड रविनको आधारमा हुने खेलमा शिर्ष चार टोली प्ले अफ पुग्ने छन् । पहिलो प्ले अफ फागुण ८ गते हुने छ । तेस्रो र चौथो स्थानमा रहेका टोलीबीच एलिमिनेटर खेल फागुन ९ गते हुने छ ।

दोस्रो क्वालिफायर खेलमा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबिच फागुन १० गते हुने छ । विजेता टोली पहिलो क्वालिफायरको विजेतासँग फागुन ११ गते उपाधिको लागि भिड्ने छ ।

डसिएले शुक्रबारमात्र सहभागी ६ टोलीका कप्तानको सहभागितामा डिपिएलको ट्रफी सर्वाज्निक गरेको थियो । प्रतियोगिताका गुडविल एम्बेसेडर जोन्टी रोड्स र डिसिएका का अध्यक्ष सुवास शाहीले ट्रफी अनावरण गरेका थिए । यसपटकको डिपिएल विजेताले ३० लाख रुपैयाँ पाउनेछ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १ : ०० बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल