सुरक्षित भविष्य खोज्दै ग्लास्गोमा युवा जमात | Khabarhub Khabarhub

सुरक्षित भविष्य खोज्दै ग्लास्गोमा युवा जमात


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय एक महिला साकेला बानु, राति कोठा भित्र सुत्नै नसकेर धेरै रात घर बाहिर बिताएको बताउँछिन् । यो समय करिब तीन महिनाअघिको हो । श्रीमान्, छोरी र तीन नातिनीसहित साकेला अहमदाबादमा बसोबास गर्छिन् । उनको घरमा चिसो बनाउने एउटा कुलर फ्यान मात्र छ ।

गर्मी ऋतुमा भारतका धेरै शहरमा तापक्रम ५० डिग्री सेल्सियस नाघ्ने गरेको छ । भारतको उत्तरपूर्वी भूभागलाई छाड्ने हो भने अन्य सहरको अवस्था सही नसक्नु हुन्छ । त्यस समयमा साकेलाजस्ता धेरै जनाको अवस्था उत्तिकै कठिन हुने गर्छ ।

उखरमाउलो गर्मी, धुवाँ, धुलो, रातभरिको जाग्राम ! त्यहाँको जीवनयापन साँच्चै उदेकलाग्दो हुन्छ । दिउँसो काम गर्नै नसकिने, रातमा सुत्नै नसकिने ।

भारतका यी सहरहरूमा दिउँसो काम नगरी बस्ने, कागती र नतताएको दूध पिउने र ऋण काढेरै भए पनि सिलिङमा सेतो रङ लगाउने काम भारतीयहरूले गर्ने गरेका छन् । यो सेतो रङले अन्दाजी ३ वा ४ डिग्री तापक्रम कम गर्ने उनीहरूको अनुमान छ ।

उत्तरी माउरिसानीयामा त्यहाँका बासिन्दा सिदी फादोवा गर्मी बढ्यो कि चिसो खोज्दै हिँड्ने गरेका छन् । सहरको उत्तरी भागमा पुगेपछि बस्न सकिने अवस्था रहेको उनको भनाइ छ ।

साहारा क्षेत्रका ४४ वर्षीय सिदी एउटा गाउँका बसिँदा हुन् । सामान्य श्रम गरेर जीवन यापन गर्ने गरेका उनी तापक्रम सहनै नसक्ने भएपछि रात्रिकालीन कामको खोजीमा लागेका छन् ।

उनले गर्मीमा रात्रिकालीन ड्युटीमा ४४ डिग्री भन्दा कम समयमा काम गर्ने गरेका छन् । पशुपालनमा रहेकाहरूका लागि गर्मी महिना भएपछि त्यहाँ ठूलो समस्या उत्पन्न हुने गर्छ । रातको समयमा बस्तु चराउन पनि मिलेन । दिनमा उत्पातै गर्मी हुन्छ । गाडा चलाउन पनि त्यतिकै कठिन ।

गर्मी महिनामा भारत, अफ्रिकाका सब साहारा र खाडी क्षेत्रको गर्मी र कठिन दिनचर्या दर्शाउने केही प्रतिनिधि पात्र साकेला र सिदी हुन् ।

वातावरण प्रदूषण र बढ्दो कार्बन उत्सर्जनका कारणले यो तापक्रम अझ बढ्न सक्ने छ । वातावरणमा शुद्ध हावा छैन, फोहोरको समस्या पनि बढिरहेको छ । औद्योगिक विकाससँगै वातावरण र जलवायुमा देखिएको समस्या र यसको समाधानका विषयमा छलफल गर्न संसारका शीर्ष नेताहरू ग्लास्गोमा जम्मा भएका छन् ।

सम्मेलनको स्थलको सामुन्ने स्कटल्यान्ड र अन्य देशका युवाहरूले संसार गहिरो प्राकृतिक समस्यामा फस्दै गएको र नेतृत्व तहको गति सुस्त रहेको आरोपसहित प्रदर्शन गरिरहेका छन् ।

यसको एक जना नेतृत्वकर्ता हुन् ग्रेटा थनबर्ग । उनले ग्लास्गोमा भएको जुलुसपछिको सभामा यो सम्मेलन असफल भएको बताइन् । यी स्वीडिस अभियानीले स्कुले विद्यार्थीसहितका हजारौँको लस्करमा उभिएर उक्त उद्घोष गरेकी हुन् ।

जर्ज चोकमा उपस्थित हुँदै उनले कार्बन उत्सर्जनका लागि तत्काल कायापलट हुने गरी कार्ययोजना आवश्यक रहेको बताइन् ।

थनबर्गबाट प्रेरित युवाहरूको समूहले सम्मेलनका समयमा भएको यो लगातारको लामो प्रदर्शन हो । ग्रेटाले यो सम्मेलन असफल भएको सबैमा प्रस्ट भएको समेत जिकिर गरिन् ।

‘अहिले संसारले देखको भन्दा बढी र फरक शैलीले कार्बन उत्सर्जन घटाउन आवश्यक छ,’ उनले भनिन्, ‘अहिले शक्तिमा हुनेहरू जसोतसो आफूलाई सुरक्षित भएको महसुस गर्न सक्नुहुन्छ । तर, यही क्रम रहेमा कुनै दिन आफू सुरक्षित हुन अर्को ग्रहको खोजी गर्न आवश्यक हुन सक्छ ।’

ग्रेटाले यसरी नेताहरूलाई सचेत गराइन् ।

उनले भनिन्, ‘अहिले संसार आगोमा जलिरहेको छ तर यसको अगाडि रहनेहरू जलवायुबारे गफमात्र गरिरहेका छन् ।’

उनले दुई साता लामो जलवायु सम्मेलन केही व्यक्तिहरूको आफ्नो बिजनेस प्रमोट गर्ने ध्येयमै सकिने आरोप लगइन् । उनले ‘हाम्रा सम्राटहरू नाङ्गो भइसकेको’ आरोप पनि लगाइन् ।

संसारका अन्य ठाउँबाट आएका प्रदर्शनकारीले मन्तव्यको क्रममा जलवायुले कसरी आफ्नो देशलाई प्रभाव पारिरहेको छ भन्ने कुरा सुनाएका थिए ।

युगान्डाका भेनेसा नकाटेले उत्सर्जनमा अफ्रिकाको तीन प्रतिशतमात्र भूमिका रहे पनि जलवायु परिवर्तनको ठूलो असर अफ्रिकाले पनि भोगिरहेको बताए । उनले जलवायु सङ्कट निम्त्याउनेहरूबारे सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार नछापेको आरोप पनि लगाए ।

सिटी सेन्टर पुग्नुअघि सहरको पश्चिमी कुनाबाट कोप सम्मेलन भएको स्थान हुँदै स्कटिस इभेन्ट क्याम्पस पुगेको थियो । यसपछि त्यो लस्कर जर्ज चोकमा पुगेको थियो ।

ग्लास्गोका १४ वर्षीय चालेइ ओइ राउके यो प्रदर्शनमा सहभागी हुन विद्यालय छाडेर आफ्ना आमाबाबुसँग त्यहाँ आएका हुन् । उनकी आमाले आफ्ना सन्ततिको समेत भविष्यको बारे चासो भएकाले छोराहरूकै कारण त्यहाँ आइपुगेको बताइन् ।

उलापुल हाई ल्यान्डका १४ वर्षीय फिनाये पिङ्गल यसै प्रदर्शनमा सहभागी हुन आफ्ना बाबुका साथमा त्यहाँ आएका हुन् । उनी आफूले माया गर्ने सबैलाई जोगाउन कुनै कसर बाँकी राख्न नहुने बताउँछन् ।

वाइडर फ्राइडेज फर फ्युचर अभियानका लागि यसरी विद्यालय छाडेर आउनेहरूको ठूलो जमात रहेको थियो ।
यो अभियानमा सरिक अन्ना ब्राउन पनि सम्मेलनमा सहभागी नेतृत्वबाट खुसी छैनन् । उनले छलफल बन्द कोठाबाट बाहिर ल्याउनु पर्ने कुरामा जोड दिएकी छिन् । यसैका लागि प्रदर्शनको निरन्तरता पनि आवश्यक भएको उनको भनाइ छ ।

अन्नाले नेतृत्वकर्ताहरूले सडकमा बस्नेको आवाज सुन्नुपर्ने कुरामा जोड दिएकी छिन् । उनले पुस्ताको भविष्य समस्याग्रस्त हुँदै गएको बताएकी छिन् ।

‘यो सम्मेलनको डिजाइन नै यसरी गरिएको छ कि आम व्यक्तिले त्यहाँ के भइरहेको छ भन्ने थाहा पाउने छैनन् । यसकारण त्यहाँ भएका कुनै पनि निर्णयको कसैले विरोध पनि गर्ने छैनन् ।’

त्यहाँका सहायक प्रमुख कन्स्टेबल गेरी रिटेचीले यो सम्मेलनको क्रममा हजारौँ युवाहरू सडकमा उत्रनु उत्साहवर्द्धक भएको बताएका छन् । उनले ग्लास्गोको यो सम्मेलनको एउटा अंश नै युवा प्रदर्शनकारी भएकोमा आफू अत्यन्त खुसी भएको प्रतिक्रिया दिएका छन् । उनले अफिसियल युथहरूसँगै सहकार्य गर्न पाएकोमा आफू अत्यन्त खुसी भएको बताएका छन् ।

गेरीले सडकमा प्रहरी र प्रदर्शनकारीको बीचमा रहेर मध्यस्थकर्ताको भूमिका पनि निर्वाह गरेका थिए । अनियन्त्रित गतिविधि भएकाले भनेर प्रहरीले २० जनालाई प्रहरीले गिरफ्तार पनि गर्‍यो ।

फस्ट मिनिस्टर निकोला स्र्टजेनले युवा प्रदर्शनकारीकै उपस्थिति र राय सुझावलाई पनि आधार मानेर सरकारले निर्णय प्रक्रिया अघि बढाउने बताएकी छिन् । ‘अहिले स्कटल्यान्डमा सरकारले जलवायु परिवर्तनलाई ठूलो सङ्कट ठानेर अघि बढेको भए पनि युवाहरूको प्रदर्शनले यो अपुग भएको प्रस्ट भएको छ,’ मन्त्रीले प्रदर्शनकारीको भावना सम्बोधन गर्दै भनेकी छिन् ।

वेल्सका युवराजले पनि युवाहरूको आक्रोश र निराशाप्रति सहानुभूति राख्दै भविष्यको जिम्मेवारी काँधमा लिने पुस्ताको भावना बुझ्नु पर्ने बताएका छन् । उनले आफूलाई प्रदर्शनमा सहभागी हुन बोलाइए पनि त्यसमा असमर्थ रहेको बताए ।

लन्डनको डाउनिङ स्ट्रिटका धेरै युवाहरू यस सम्मेलनमा उपस्थित हुन चाहे पनि कोरोना महामारीले धेरै दिन विद्यालयको पठन पाठन असर गरेका कारण प्रदर्शनमा सहभागी हुन गएनन् ।

ग्लास्गो सिटीका काउन्स्लरले यस प्रदर्शनमा सहभागी भएका कारण कसैलाई पनि कारबाही नहुने जनाएका छन् । एउटा मात्र विद्यालयले प्रदर्शनमा सहभागी हुनेहरूको हाजिर गयल भएको जनाएको छ ।

युवाहरूको आक्रोश र निराशा त्यतिकै आएको होइन । अहिलेको अवस्था यति कठिन छ कि हामीले यसलाई नियन्त्रण गर्न नसके अगामी पुस्ताका लागि साँच्चै जीवन कठिन हुन सक्नेछ ।

पृथ्वीको प्राकृतिक वातावरण संरक्षणका लागि अबको केही दिनमा केही महत्वपूर्ण निर्णय हुने छ कि छैन त्यसका लागि केही दिन पर्खनु पर्ने हुन्छ । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १० : १३ बजे

नेपालमा निर्वाचन : पद्म शमशेरकहाँ मङ्गलादेवीको धर्ना, ढ्वाङको रङले छुट्टिएका मतदाता

काठमाडौं- नेपालका राजनीतिक दलहरू यतिबेला मंसिर १६ मा हुन गइरहेको स्थानीय

राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

डडेल्धुरा– आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या

२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौं– सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष