राष्ट्रिय जनगणनाका लागि तनहुँमा ४९० गणक खटाइने | Khabarhub Khabarhub

राष्ट्रिय जनगणनाका लागि तनहुँमा ४९० गणक खटाइने


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा राष्ट्रिय जनगणनाका लागि ४९० गणक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालयले मूल गणनाका लागि ४९० गणक खटाउने भएको हो । यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने जनगणनाका लागि कार्यालयले आवश्यक तयारी थालेको छ ।

यसका लागि कार्यालयले गणकका लागि चारदिने तालिम दिएको छ । दशवटै पालिकामा खटिने गणकका लागि पाँच ठाउँमा तालिम सञ्चालन गरिसकिएको जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले जानकारी दिए ।

व्यास नगरपालिकाको आदिकवि भानुभक्त क्याम्पस, भिमाद नगरपालिका र घिरिङ तथा ऋषिङ गाउँपालिकाको भिमाद बजारमा, बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाको डुम्रे बजारमा, देवघाट र आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी बजारमा र शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाको बेलचौतारामा तालिम सञ्चालन गरिएको थियो । तालिममा ४९० गणक र ३२ जना सुपरीवेक्षकको सहभागिता थियो ।

उहाँ अनुसार तालिममा घरपरिवारमा पुगेर जनगणना गर्दा अपनाउनुपर्ने तरिका, प्रक्रिया र मुख्य प्रश्नावली भर्ने तरिकाका बारेमा सिकाइएको छ । सुपरीवेक्षकले गत भदौ ३० देखि असोज १८ गतेसम्म घरपरिवार सूचीकरण गरिसकेका छन् । सोहीका आधारमा अब गणकले यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मूल गणना गर्नेछन् ।

गणकमार्फत् प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण सङ्कलन गरिनेछ । दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गरिने छ । सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछ ।

जनगणनाबाट वडास्तरसम्मको लैङ्गिक तथा समावेशी तथ्याङ्क प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रम तर्जुमा गर्न तथा नीति र योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै बाटोघाटो, पुल, विद्यालय, उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिँचाइ, खाद्यान्न आपूर्ति, बसोबासको व्यवस्था, विकास बजेटको बाँडफाँट, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा र मानव विकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रम सञ्चालन गर्न तथा संविधानको मौलिक हकलगायत अन्य हकको कार्यान्वयन र मूल्याङ्कन गर्न आवश्यक तथ्याङ्क प्राप्त हुने हुँदा जनगणनाको महत्व छ ।

९१ हजार घरपरिवार सूचीकृत

जिल्लामा ९१ हजार घरपरिवार सूचीकृत गरिएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत गत भदौ ३० देखि असोज १८ गतेसम्म गरिएको गणनामा जिल्लाका ९१ हजार घरपरिवार सूचीकृत गरिएको हो । पहिलो चरणअन्तर्गत १३० सुपरीवेक्षकले घरपरिवार सूचीकृत गरेको जिल्ला जनगणना अधिकारी सापकोटाले जानकारी दिए ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लामा ७८ हजार ३०९ परिवार सूचीकृत गरिएको थियो भने तीन लाख २३ हजार २८८ जनसङ्ख्या थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ११ : १८ बजे

अर्थतन्त्र नै हल्लाइदिने १२ खर्बको दशैँ !

काठमाडौं – निम्न मध्यम वर्गीय परिवारको बाहुल्यता रहेको समाजमा चाडपर्वले

बीपी राजमार्गमा रोकिएका सवारी वैकल्पिक बाटोबाट गन्तव्यतर्फ पठाइँदै

काभ्रे– यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका

आतंकवाद निर्मूल पार्न भारत र इजरायल प्रतिबद्ध

काठमाडौं– भारतका लागि इजरायली राजदूतावासका प्रवक्ता गाय निरले आतंकवाद निर्मूल

बाढीपहिरो पीडित लाभग्राहीको विवरण तत्काल पठाउन गृहमन्त्रीको निर्देशन

ललितपुर– गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरूको विवरण पठाउन जिल्ला प्रशासन