साढे ४ लाख नगदसहित १६ जुवाडे पक्राउ « Khabarhub

साढे ४ लाख नगदसहित १६ जुवाडे पक्राउ


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले काठमाडौँमा १६ जना जुवाडेलाई पक्राउ गरेको छ । ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई नैकापबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चन्द्रागिरि नगरपालिका वडा नं १४ पुरानो नैकापस्थित शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति १६ जनालाई पक्राउ गरेको हो । प्रहरीले ७ बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापका५२ वर्षीय पुष्कर थापा, सोही नगरपालिकाका ४६ वर्षीय पूर्ण बहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन बिडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा केसी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रवीन्द्र थापा, ४३ वर्षीय राजन खत्री रहेका छन् ।

चन्द्रागिरि नगरपालिका १३ कै ३६ वर्षीय विश्वासजंग कार्की, ४० वर्षीया सन्जु थापा, ३८ वर्षीय निरञ्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन, चन्द्रागिरि नगरपालिका १४ का ४१ वर्षीय शंकर थापा, चन्द्रागिरि नगरपालिका १२ का निरञ्जन केसी, दैलेख दुल्लु नगरपालिका ११ घर भई चन्द्रागिरि नगरपालिका १३ बस्‍दै आएका ४७ वर्षीय गणेश रसाइली र काभ्रे पाँचखाल नगरपालिका ११ घर भई हाल दक्षिणकाली नगरपालिका १ बस्‍दै आएका ३६ वर्षीय कृष्णबहादुर मगर पक्राउ परेको छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १२ : ४० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

टरिगाउँ विमानस्थल : न त जहाजको टुङ्गो, न त बजेटकै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल नेपालकै पुराना विमानस्थलमा

ट्राफिक प्रहरीको कारबाहीबाट २१ लाख ८६ हजार राजस्व दाखिला

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले एकै दिन दुई हजार २९९

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना