अमेरिकी हवाई कम्पनीको ‘जासुसी’मा चिनियाँ गुप्तचर दोषी ठहर « Khabarhub

अमेरिकी हवाई कम्पनीको ‘जासुसी’मा चिनियाँ गुप्तचर दोषी ठहर


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी हवाई कम्पनीहरुको जासुसीको आरोप खेपिरहेका एक चिनियाँ गुप्तचरलाई अमेरिकी संघीय जुरीले दोषी ठहर गरेको छ ।

अमेरिकाको कानून मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा चिनियाँ गुप्तचरले अमेरिकी उड्डयन कम्पनीहरूको जासुसी सम्बन्धी विभिन्न पाँच वटा मुद्दामा शू येन्जुन नामका गुप्तचर दोषी ठहर गरेको हो । उक्त मुद्दामा  उनलाई ६० वर्षसम्म कारागार र ५० लाख डलरभन्दा बढी जरिवाना हुन सक्ने सीएनएनले जनाएको छ ।

सन् २०१८ मा बेल्जियममा पक्राउ परेका शूलाई अमेरिका सुपर्दगी गरिएको थियो ।  चिनियाँ राज्य सुरक्षा मन्त्रालयअन्तर्गत रहेको जिआङ्सू शाखाका वरिष्ठ अधिकारी रहेका उनले प्रतिगुप्तचरी, वैदेशिक गुप्तचरी र आन्तरिक सुरक्षासँग सम्बन्धित विषयहरू हेर्दै आएको अमेरिकी अधिकारीहरुको अनुसन्धानबाट खुलेको थियो ।

उनले सन् २०१३ देखि नै अमेरिकी हवाइ कम्पनीको सूचना चोरीको कोशिस गरेको अमेरिकी दाबी छ । सन् २०१७ मा जीई एभिएशनका एक कर्मचारीलाई शूले निशुल्क रूपमा एउटा चिनियाँ विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन  व्यवस्था मिलाइदिए बापत गोप्य प्राविधिक सूचना लिएको खुलेको थियो ।

ती कर्मचारीमार्फत जीई एभिएशनले उपलब्ध गराएको कम्प्युटरको फाइल डाइरेक्टरी भेटेरै लिन खोज्ने क्रममा उनलाई  बेल्जियममा पक्राउ गरिएको थियो ।

 

 

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ८ : ४६ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग