लिम्बूहरूको धर्म भनेकै युमा साम्यो हो : माबोहाङ « Khabarhub

लिम्बूहरूको धर्म भनेकै युमा साम्यो हो : माबोहाङ


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम- पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको धर्म भनेकै युमा धर्म भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा ‘आसन्न जनगणनामा युमा साम्यो लेखौँ र लेखाऔं’भन्ने मूल नाराका साथ आयोजित युमा साम्यो महासभा सम्बन्धी अन्तरक्रिया तथा छलफलमा सहभागीहरूले यस्तो बताएका हुन् ।

लिम्बूहरूको मुन्धुमहरू युमाद्वारा सञ्चालित भएको  र (याक्थुङ) लिम्बूहरूको धर्म भनेकै युमा साम्यो भएको मुन्धुमविद् तथा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले बताए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका माबोहाङले ब्रामण्डको संरक्षण गर्ने  र संसारको सृष्टिकर्ता युमा नै रहेकोले  युमाको सह अस्तित्व नै युमा धर्मको दर्शन भएको धारण राखेका थिए । किराँत याक्थुङ चुम्लुङले २०४६ सालदेखि किराँत धर्म लिम्बू समुदायमा लेख्ने अभियान सुरु गर्दै आएको छ ।

किराँत धर्मले लिम्बू समुदायको अस्तित्व नै समाप्त गराई रहेको बेला युमा धर्मले अस्तित्व स्वीकार गर्न लिम्बू समुदायको मौलिकता धरापमा पर्दै जाने किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका उपाध्यक्ष दिल पाक्साँवाले बताए । युमा धर्मको बारे गम्भीर छलफल गरी मौलिक लिम्बूहरूको अस्तित्वलाई समेट्न आवश्यक रहेको उनले धारण राखेका थिए ।

कार्यक्रममा सहभागीहरूले लिम्बूको धर्म बारे अझै अन्योलमा रहेको बताएका थिए । लिम्बू समुदायका धर्मको बारे विवाद हुँदै आएको र किराँत याक्थुङ याक्थुङ चुम्लुङले किराँत भन्दै आएको तथा युमा साम्योले युमा भन्दै आएको अवस्थामा विवादलाई समाधानको निम्ति सबै एक भएर जाँदा लिम्बूहरूको लागी राम्रो चुम्लुङ छथरका अध्यक्ष थानाहाङ तिगेलाले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १० : ३० बजे

‘बहाल-बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परामा आधारित

उद्योगमन्त्रीले भनिन्- हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद, अब सरकारले चलाउँछ

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग