चेन्नईमा भीषण वर्षा, शहर जलमग्न भएपछि विद्यालय र कलेज बन्द « Khabarhub

चेन्नईमा भीषण वर्षा, शहर जलमग्न भएपछि विद्यालय र कलेज बन्द


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको चेन्नईमा केही दिनयता परेको भीषण वर्षाका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षाका कारण थिभल्लुर, कान्चिपुरम र चेंगालपट्टुम जिल्ला नराम्रोसँग प्रभावित भएका छन् । वर्षापछि ती जिल्लासहित राज्यका विभिन्न स्थानका विद्यालय तथा कलेज बन्द गरिएका छन् ।

शनिबार राती चेन्नईमा सन् २०१५ पछिकै धेरै वर्षा भएको थियो । अबिरल वर्षाका कारण केही शहर नै जलमग्न बनेका थिए । प्रभावित क्षेत्रमा नेसनल डिजिस्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) परिचालन गरिएको छ । फोर्सले प्रभावित क्षेत्रका बासिन्दालाई आपतकालिन सहयोग गरेको छ । सरकारी अधिकारीहलाई हाई अलर्टमा राखिएको छ ।

ठाउँ ठाउँमा अझै पनि बर्षा रोकिएको छैन् । चेन्नईमा अझै तीन दिन वर्षा हुने त्यहाँको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षा भइरहेकोले आफ्नो पूर्व निर्धारित भ्रमण रद्द गर्न चेन्नईका मुख्यमन्त्री एम के स्टालिनले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : ४२ बजे

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द