काँग्रेसको पराजयपछि राहुल गान्धीले राजिनामा दिने « Khabarhub

काँग्रेसको पराजयपछि राहुल गान्धीले राजिनामा दिने


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको विपक्षी दल काँग्रेसका प्रमुख राहुल गान्धीले निर्वाचनमा आफ्नो पार्टीको पराजयसँगै पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार निर्वाचनमा काँग्रेसको हार स्वीकार गर्दै उनले पदबाट राजिनामा दिने घोषणा गरेका हुन् । यद्यपि काँग्रेस पार्टीका श्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले राजीनामा दिएको बारे पार्टीलाई कुनै जानकारी भने दिइएको छैन । पछिल्लो निर्वाचनको मतपरिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टी भाजपाले बहुमतको सरकार बनाउने देखिएको छ भने काँग्रेस पार्टी पराजित भएको छ ।

गान्धीले निर्वाचनमा मतदाताले नरेन्द्र मोदीलाई नै प्रधानमन्त्री चाहेकाले जनताको निर्णयको आफूले सम्मान गर्ने जनाए । त्यसबाहेक उनले निर्वाचनमा आफ्नो पार्टीका प्रदर्शनका विषयमा निकै लामो बहस आवश्यक रहेको भन्दै थप प्रतिक्रिया दिन भने चाहेनन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ७ : ४० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना