सदस्य-सचिव ढकालद्वारा पदवहाली « Khabarhub

सदस्य-सचिव ढकालद्वारा पदवहाली


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव विष्णुराज ढकालले सोमबार पदवहाली गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप परिसरमा रहेको कार्यकक्षमा सदस्य-सचिव ढकालले पदवहाली गरेका हुन् ।

१६ कात्तिकको युवा तथा खेलकुदमन्त्रीस्तरीय निर्णयअनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ उपदफा (१२)बमोजिम ढकाललाई अर्को व्यवस्था नभएसम्म राखेपको सदस्य-सचिवको रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको थियो ।

ढकाल युवा तथा खेलकुद मन्त्रालयका सहसचिव हुन् । पदवहालीपछि सदस्य-सचिव ढकालले नवौँ राष्ट्रिय खेलकुद र आव २०७८/०७९ का महत्त्वपूर्ण कार्यक्रम आफ्नो प्राथमिकता रहेको बताए ।

पदवहालीअघि सदस्य-सचिव ढकाललाई राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिक, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसूदन बस्नेत, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : २२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर