पुटिन र सीआईए निर्देशकबीच फोनवार्ता « Khabarhub

पुटिन र सीआईए निर्देशकबीच फोनवार्ता


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्ससँग टेलिफोन वार्ता गरेका छन् ।

वार्तामा द्विपक्षीय सम्बन्ध र साइबर सुरक्षालगायत अन्य मुद्दाहरूमा छलफल गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार जानकारी दिएका छन् ।

सो अवसरमा दुवै पक्षले द्विपक्षीय तथा कूटनीतिक सम्बन्धमा देखा परेको सङ्कटको स्थिति र क्षेत्रीय द्वन्द्वका बारेमा विचार आदानप्रदान गरेको पेस्कोभलाई उद्धृत गर्दै सार्वजनिक भएका समाचारमा उल्लेख छ ।

पेस्कोभले पुटिन र बर्न्सले साइबर सुरक्षाका मुद्दाहरूलाई पनि सम्बोधन गरेको बताएका छन् ।

बर्न्सले रुसी राजधानीको आफ्नो भ्रमणका क्रममा मङ्गलबार मस्कोमा रुसी विदेशी गुप्तचर सेवाका निर्देशक सर्गेई नारिस्किनसँग भेट गरेको बताइएको छ ।

मङ्गलबार पनि, रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले मस्कोमा बर्न्ससँग ‘रूसी–अमेरिकी सम्बन्धमा छलफल’ गर्न वार्ता गरेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : १५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको