बस्नेत र लिम्बूलाई 'लोकनाथ–विष्णुमाया स्मृति' पुरस्कार | Khabarhub Khabarhub

बस्नेत र लिम्बूलाई ‘लोकनाथ–विष्णुमाया स्मृति’ पुरस्कार


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको देउमाइ नगरपालिका–१ चमैंतास्थित डम्बर देबी उच्च माध्यमिक विद्यालयले लोकनाथ–विष्णुमाया स्मृति पुरस्कार वितरण गरेको छ।

शैक्षिक सत्र २०७७ सालको एसईई परीक्षामा राम्रो नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई नगद तथा प्रमाण पत्रसहित पुरस्कृत गरिएको हो।

नेपाली विषयतर्फ सबैभन्दा बढी जीपीए ल्याउने छात्रा टीकादेबी बस्नेत र छात्र सन्तोष लिम्बूलाई ‘लोकनाथ-बिष्णुमाया स्मृति पुरस्कार’ दिइएको हो ।

दुई वर्षअघि स्थापित लोकनाथ विष्णुमाया स्मृति अक्षयकोषका संस्थापक देनपा–१ चमैंता निवासी धनपति भट्टराईले विद्यार्थीद्वय बस्नेत र लिम्बूलाई पुरस्कार वितरण गरे ।

आफ्ना दिवंगत माता पिता लोकनाथ-बिष्णुमायाको स्मृतिमा स्थानीय धनपति भट्टराईले विद्यालयलाई एक लाख रुपैयाँ प्रदान गरी अक्षयकोष खडा भएको हो।

यो पुरस्कार गत शैक्षिक वर्ष २०७६ मा पुस्पा बस्नेत र अनुराग सुवेदीले प्राप्त गरेका थिए।

नेपाली भाषाप्रति विद्यार्थीको घट्दो आकर्षणलाई मध्यनजर गरी नेपाली भाषा पठन र लेखनमा प्रोत्साहित गर्ने उद्देश्यले अक्षयकोषमार्फत् हरेक वर्ष यो पुरस्कार वितरण गरिनेछ।

यसैगरी, गत एसईई परीक्षामा सबै भन्दा बढी जीपीए ल्याउने छात्र दपिेश धमला र छात्रा पेमु शेर्पालाई ‘मानदेव स्मृति पुरस्कार’ संस्थापक घनश्याम बस्नेतद्वारा प्रदान गरियो।

यस्तै, विधालयका पूर्वशिक्षक डिकबहादुर बस्नेतले प्रदान गरेको नगद पुरस्कार कक्षा १२ मा सबैभन्दा बढी जीपीए ल्याउने नारायण मगरले प्राप्त गर्न सफल भए।

यसै शैक्षिक सत्रमा कक्षा प्रथम, दोस्रो र तेस्रो हुने सबै कक्षाका विद्यार्थीहरुलाई विद्यालयको आन्तरिक पुरस्कारले पुरस्कृत गरियो।

देउमाइ नगरपालिकाका वडा सदस्य डिल्लीप्रसाद राईको प्रमुख आतिथ्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर राईको विशेष आतिथ्य र प्रधानाध्यापक केन्द्र बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : ४९ बजे

माओवादीको आक्रोश- सरकारले सदनलाई हेप्यो, समयमै उपस्थित नहुँदा कार्यसूची प्रभावित

काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारका कारण सदनको कामकारबाही प्रभावित भएको

रणनीतिक हारमा बदलिन सक्छ इरानविरुद्ध अमेरिकी आक्रमण !

काठमाडौँ – अन्ततः इरान र इजरायलबीच जारी युद्धमा विश्व महाशक्ति

११ महिनामा ३२ अर्ब बढीको मोबाइल आयात

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ३२ अर्ब बढीको

ट्रम्पलाई अदालतले दियो एलएमा नेसनल गार्ड नियन्त्रण गर्न अनुमति

सान फ्रान्सिस्को- क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको आपत्तिका बावजु अमेरिकी अपील

च्याम्पियन्स लिग विजेता पीएसजी बोटाफोगोसँग स्तब्ध, क्लब विश्वकपमा सनसनीपूर्ण नतिजा

काठमाडौं- दक्षिण अमेरिकी च्याम्पियन बोटाफोगोले क्लब विश्वकपको दोस्रो खेलमा युरोपियन