अफगानिस्तान यसकारण बन्दैछ ‘पृथ्वीकै नर्क’ « Khabarhub

अफगानिस्तान यसकारण बन्दैछ ‘पृथ्वीकै नर्क’


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- राजधानी काबुलबाट ५० माइल टाढा पश्चिममा रहेको मैदान वारडकमा मानिसहरुको एउटा भिड लागेको छ । विश्व खाद्य कार्यक्रमम (डब्ल्युएफपी) को सहयोगमा सरकारले गहुँको पिठो बाढ्ने भएपछि सर्वसाधारणको भिड बढेको हो ।

तालिवानले भिडलाई शान्त राख्न दबाब दिइरहेको थियो । तर, केही मानिसहरु अनुदानमा वितरण गरिएको पिठो लिन अयोग्य भएको एक सरकारी अधिकारीले बताएपछि उनीहरु आक्रोशित देखिन्थे ।

‘जाडो बढेको छ,’ एक पुरुषले भने, ‘अहिले रोटी बनाएर राख्न सकिन भने कसरी जाडो कटाउने भन्ने मलाई थाहा छैन् ।’

चिसो बढेसँगै अफगानिस्तान पृथ्वीकै नर्क बन्ने जोखिम छ । अधिकांश क्षेत्रमा खडेरी परेका विवरण सार्वजनिक भइरहेका छन् । कृषि उत्पादन नहुँदा भोकमरीका घटना दिनहुँ बढेका छन् ।

अफगानिस्तानमा भोकमरीमा परेका २२ लाख मानिसको खाद्य सुरक्षा गर्न डब्ल्युएफपीलाई चुनौती छ । अन्य हिउँदभन्दा यो वर्षको हिउँदमा जाडो बढ्ने विज्ञहरुले साबधानी दर्शाएका छन् । खडेरी र भोकमरीले अफगानिस्तानको ठूलो जनसंख्या प्रभावित हुने उनीहरूले बताउँदै आएका छन् ।

अफगानिस्तानको अवस्था कल्पना गरेभन्दा पनि भयाबह भएको डब्ल्युएफपीका निर्देशक डेभिड बिस्ले बताउँछन् । अफगान संकट पृथ्वीकै ठूलो मानवीय समस्या भएको उनको भनाइ छ ।

अफगानिस्तानका ९५ प्रतिशत मानिसलाई पर्याप्त खाना नभएको र २३ लाख मानिसहरु भोकमरीतर्फ उन्मुख भएको उनको भनाइ छ ।

६ महिनाभित्र अफगानिस्तानमा ठूलो मानवीय दुर्घटना हुन सक्ने डब्ल्युएफपीको अनुमान छ ।  अगस्टमा तालिवानले राजधानी काबुल कब्जा गर्नुअघि तत्कालिन राष्ट्रपति असरफ गनी नेतृत्वको सरकारले हिउँदको चुनौती सामना गर्न सक्ने अनुमान गरिएको थियो ।

किनकी, यसअघिका हिउँदमा अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा ठूलो सहयोग प्रदान गर्दै आएको थियो । तर, तालिवानको सत्तपलटसँगै दातृ राष्ट्रले अफगानिस्ताबाट आफ्नो हात झिकेका छन् ।

पश्चिमा मुलुकहरुले अफगानिस्तानलाई प्रदान गर्दै आएको सहयोग पनि रोक्का गरेका छन् । देशमा कठोर शारिया कानुन लागू गरिएको र छात्राहरुलाई विद्यालयबाट बन्चित गरिएको भन्दै पश्चिमेली मुलुकहरुले अफगानिस्तानलाई दिँदै आएको सहयोग रोक्का गरेको घोषणा गरेका हुन् ।

के पश्चिमा मुलुकहरु लामो समयसम्म आफ्नो अडानमा रहेर अफगानिस्तानका लाखौं मानिसहरुलाई भोकमरीमा बाँच्न बाध्य पार्लान ? अहिलेको यक्ष प्रश्न यही हो ।

डब्ल्युएफपीले विश्वका सरकारहरुलाई अफगानिस्तानमा तत्काल मानवीय सहयोग प्रदान गर्न बारम्बार आह्वान गर्दै आएको छ ।

‘विश्व नेता र खर्वपतिहरु ! एक पटक कल्पना गर्नुहोस त ! तपाईका साना छोराछोरी भोकमरीका कारण मृत्युको मुखमा धकेलिँदैछन् ।’ विश्व समुदायलाई अफगानिस्तानमा सहयोगको आह्वान गर्दै निर्देशक डेभिड भन्छन् । अहिले पृथ्वीमा ४०० खर्ब अमेरिकी डलरबराबरको सम्पत्ति भए पनि लाखौं बालबालिकाको भोकमरीका कारण मृत्यु भइरहेको र यसले सबैलाई लाज लाग्नुपर्ने उनको भनाइ छ ।

‘भोकका कारण कुनै बच्चाको मृत्यु हुन्छ भने त्यसले हामीलाई लाज लाग्नुपर्छ । त्यो बच्चा कहाँको हो भन्ने अर्थ रहँदैन’, उनी भन्छन् ।

‘जाडो बढेसँगै मेरो मनमा त्रास बढेको छ । बालबालिकालाई दिने खानेकुरा केही छैन् । चाँडै मैले सडकमा माग्दै हिँड्नु पर्छ’, मध्येअफगानिस्तानको बामियान सहरकी फातिमा भन्छिन् । उनका ७ ओटा सन्तान छन् । उनका पतिको क्यान्सरका कारण केही महिनाअघि मृत्यु भएको थियो ।

भोमकरीका कारण केही अभिभावकले आफ्ना सन्तान बेचेका छन् भने केहीले आफ्ना छोरीलाई पाका मानिससँग विवाह गरिदिएर केही रकम लिएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : ३० बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु