संस्कृतिसँग जोडिएको घुमाउने घर लोप हुँदै « Khabarhub

संस्कृतिसँग जोडिएको घुमाउने घर लोप हुँदै


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– ढुंगाको छपनीले छाइएका, ढुंगामाटोको गारो, कलात्मक शैलीका काठका झ्यालढोका । चिम्ट्याइलो रातोमाटो र सेतो कमेरोले लपक्क पोतिएको आकर्षक घुमाउने घर । हेर्ने जोसुकैको मन लोभ्याउँछ, घुमाउने घरले । तर, पछिल्लो समय यस्ता मौलिक घरहरू लोपोन्मुख अवस्थामा छन् ।

विगतमा गुरुङ समुदायको बाक्लो बसोबास रहेको गाउँ/ठाउँमा यस्ता घरहरू देख्न सकिन्थ्यो । मानिसहरू घुमाउने घरमै बस्थे अनि रमाउँथे, अहिले मौलिक पारामा बनाइएका यस्ता घुमाउने घरहरू नमूनाका रूपमा मात्र गाउँघरमा कहीँकतै मुस्किलले देख्न/भेट्न सकिन्छ ।

मान्छेहरूले समयको क्रमसँगै आधुनिक पारामा घर बनाउन थालेकाले मौलिक पाराका घरहरू ओझेलमा परेको बेसीसहर नगरपालिका–११ चितीमा बस्दै आएका ६७ वर्षीय भवदत्त कमलीले बताए । ‘म घुमाउने घरमा जन्मे हुर्केको मान्छे, ६७ वर्षसम्म घुमाउने घरमै बसेको अनुभव छ मसँग’, उनले भने, ‘अहिले पनि घुमाउने घरमा बस्छु, हाम्रा लागि बस्न त उही पुरानै शैलीका ढुंगामाटाकै घर जाति ।’

उनका अनुसार पहिले गाउँमा सातवटा घुमाउने घर थिए । तर, अहिले आफ्नो घरमात्र छ । विगतमा गुरुङ गाउँमा थुप्रै घुमाउने घरहरू रहेका उनले बताए । विस्तारै गाउँमै मान्छेले बंगाले (पुतली गारो) घर बनाउन थाले । घुमाउने घर बनाउन गाह्रो हुन्छ । त्यसैले पनि घुमाउने घरहरू हराउँदै गए ।

‘अहिलेका मान्छे गाउँमा बस्नै छाडे, झनै घुमाउने घरको त के कुरा’, भवलत्त कमलीले भने, ‘अहिलेका मान्छेलाई नक्कले (आधुनिक) घर चाहिन्छ, यस्तै घर मन पराउँछन्, पुराना शैलीका घरहरू कहिँकतैमात्र देख्न सकिन्छ, घुमाउने घर बनाउने मान्छे पाउन पनि गाह्रो हुन्छ होला अहिले त ।’

जिल्लाका केही पर्यटकीय गाउँ घलेगाउँ, गिलुङ लगायतका गाउँठाउँमा मुस्किलले यस्ता घरहरू देख्न पाइन्छ । त्यहाँ पुग्नेहरूले यस्ता घरहरूलाई खुब चासोले हेर्छन् । मन पराउँछन् ।

‘नयाँ पुस्ताका मान्छेले विस्तारै आफ्ना मौलिक कला, पराम्परा संस्कृति भुल्दै गएका छन्, त्यसकारण घुमाउने घर पनि हराउँदै गएका छन्, अव ईतिहासमै सीमित हुने डर छ,’ क्होलासोंथर गाउँपालिका–६ कि रसमाया गुरुङले चिन्ता व्यक्त गरिन् ।

उनका अनुसार पुराना शैलीका घरहरू धमाधम हराउँदै गएका छन् । जनजाति समुदायको संस्कृतिसंग जोडिएको छ, घुमाउने घर । त्यसैले बाबुबाजेको सीप, पहिचानलाई जोगाइराख्न नयाँ पुस्ता जुट्नु आवश्यक रहेको सरोकारवालाहरू जोड दिन्छन् । घुमाउने घरमा बस्नुको छुट्टै मज्जा हुने अनुभव सुनाउँछन् बेसीसहर नगरपालिकाका वसन्त अधिकारी ।

‘मैले घलेगाउँमा २०५८ सालमा घुमाउने घरमा रात बिताएको छु’, विगत सम्झँदै अधिकारीले भने, ‘अहिले त घुमाउने घरमा बस्ने परको कुरा देख्नसमेत मुस्किल पर्छ ।’ मौलिक संस्कृति बोकेका यस्ता घरहरूको संरक्षणमा सबै जुट्नुपर्ने उनी बताउँछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : ४० बजे

अफगानिस्तानमा बाढीका कारण छ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानका विभिन्न भागहरूमा भएको भारी वर्षाका कारण आएको आकस्मिक

सामाजिक सञ्जाल सम्पर्क केन्द्र दर्ता नहुँदा साइबर अपराध नियन्त्रणमा चुनौती

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटफर्महरूको सम्पर्क केन्द्र

विपद्का घटनामा प्रभावकारी रुपमा काम गर्नेलाई पुरस्कृत गरिने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिम

कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने

काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार चयन गर्ने भएको

एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

एजेन्सी– लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश