ध्यान दिऔँ : सकिएको छैन कोरोना संक्रमण | Khabarhub Khabarhub

ध्यान दिऔँ : सकिएको छैन कोरोना संक्रमण


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ महामारी सुरु भएको दुई वर्ष हुनै लागेको छ। यस अवधिमा कोभिड-१९ बारे गरिएका धेरै अनुमान खेर गएका छन् । यस वर्ष संसारका शक्ति राष्ट्र नै सबैभन्दा धेरै कोभिड–१९ को असरमा परे ।

गत साता अमेरिकाको सिनेटमा यसबारे चर्चा भयो । अहिले अमेरिकाको स्वास्थ्य विभाग, अस्पताल र स्वास्थ्यकर्मीहरू यो महामारी कहिलेसम्म रहला भनेर माथापच्ची गरिरहेका छन् ।

रुघाका लागि भ्याक्सिन लगाउने गरिएको तथा रुघाकै कारण हरेक वर्ष धेरैको ज्यान जाने गरेको अमेरिकामा गत वर्षको जाडो याममा कोरोनाका कारण भयावह अवस्था आएको थियो । अबको जाडो याम कस्तो रहने रहला ?

यो त अमेरिकीका लागि थप चिन्ताको विषय छँदैछ । यसबारे विभिन्न धारणा पनि सार्वजनिक हुन थालेका छन् । अहिले धेरै वैज्ञानिकको समान मत यो रोग अब हाम्रो बीचबाट कहिल्यै पनि हराउँदैन भन्नेमा नै छ । उनीहरूको मत र अनुमान के छ भने यो महामारीको रूपमा लामो समय रहेन छैन तर एउटा सामान्य एन्फ्लुएन्जा जस्तो भएर हाम्रामाझ सधैँ रहने छ ।

युनिभर्सिटी अफ मिचिगनमा सरुवा रोगसम्बन्धी प्राध्यापक तथा अमेरिकी नियामक ‘संस्था खाद्य तथा औषधि प्रशासन’ को भ्याक्सिन लगायत अन्य बायोलोजिकल उत्पादनका सल्लाहकार कमिटकाी कार्यकारी प्रमुख डा. आर्नोल्ड मोन्टो कुन अवस्था महामारी हो भन्नेमा अन्योल रहेको बताउँछन् ।

अहिलेसम्म पत्ता लागेका धेरै रोगका भ्याक्सिनमध्ये कोरोनाको भ्याक्सिन सुरुवाती चरणमै धेरै प्रभावकारी रहेकोमा डा. मोन्टो खुसी छन् । अबको अवस्था यो रोगको असर कम गर्न राज्यले बनाउने नीतिमा भन्दा व्यक्ति आफैँको चेतनामा निर्भर रहने उनको भनाइ छ ।

कोरोना संक्रमण पेन्डेमिकबाट इन्डेमिकमा कहिले पुग्ला भन्नेमा वैज्ञानिकहरू माथापच्ची गर्दैछन्। यो अवस्था थाहा पाउन गम्भीर अध्ययन चाहिन्छ। त्यतिन्जेल दूरी कायम गर्नु, मास्क लगाउनु, हात धोइरहनु र संक्रमण भए घरमै बस्नु नै मुख्य उपाय हो।

डा. मोन्टो नयाँ भेरिअन्ट तीव्ररूपमा फैलिँदै गएकाले सबैभन्दा ठूलो समस्या निम्तिएको बताउँछन् । उनी संसारले सोचको जस्तो सबै लहरहरू नगइसकेको र कुनै स्थानमा कुनै नयाँ लहरको सम्भावना यथावतै रहेको बताउँछन् ।

मोन्टोजस्तै धेरै जना सरुवा रोग विशेषज्ञका अनुसार बिस्तारै कोरोना भाइरस र सार्स–२ टाइपको सङ्क्रमण सिजनल एन्फ्लुएन्जा जस्तो रहने अनुमान छ । उनले श्वासप्रश्वाससम्बन्धी धेरै रोगहरू बिस्तारै सिजनल बन्दै गएको बताएका छन् । इन्डेमिकको अर्थ त्यो रोगका कीटाणु समुदायमा यथावतै रहने तर पेन्डामिकको जस्तो भयावह अवस्था नहुने भन्ने बुझिन्छ ।

अमेरिकाका राष्ट्रिय एलर्जी तथा सङ्क्रामक रोग प्रतिष्ठानका निर्देशक डा. एन्थोनी फाउसी महामारीबाट ओरालोलाग्दो अवस्था आएमा यसपछि नियन्त्रणको अवस्था, बाहिरिने अवस्था र त्यसपछि निर्मूलको अवस्थाको कल्पना गर्न सकिने बताउँछन् । बिहीबार अमेरिकी सिनेटमा भएको स्वास्थ्य र शिक्षा सम्बन्धी सुनुवाइमा उनले उक्त कुरा भनेका हुन् ।

डा. फाउसीले कोरोना संक्रमण पूरै नहटे पनि यसले हाम्रो स्वास्थ्य प्रणाली र हाम्रो बाँच्ने तरिकामा फरक नपार्ने अवस्थाको कल्पना गर्न सकिने बताएका छन् । हामीले विश्वका धेरै मानिसलाई भ्याक्सिन लगाउन सकेमा पनि यो रोग केही मात्रामा रहने तर खासै दुःख नदिने उनको भनाइ छ ।

अमेरिकाको ‘स्वास्थ्य तथा मानव सेवा विकास’ ले पनि ‘पब्लिक हेल्थ इमर्जेन्सी’ अझै यथावत रहेको जनाएको छ । बोस्टन कलेजका बालरोग तथा सरुवा रोग विशेषज्ञ डा. फिलिप लाङ्गरियनले पेन्डेमिकबाट इन्डेमिकको अवस्थामा पुग्न धेरैले भ्याक्सिन लगाउनुको विकल्प नभएको बताएका छन् ।

सीडीसीले कोरोना भाइरसको सङ्क्रमण रोक्न अझ धेरै काम गर्न आवश्यक रहेको जनाएको छ । अहिले अमेरिकामा दैनिक हजारभन्दा बढीको ज्यान गइरहेको छ, भने ७० हजारभन्दा बढीमा सङ्क्रमण फेला पर्ने गरेको छ ।

उनले यो कुरा भनिरहे पनि अझै अमेरिकामा धेरै मानिस भ्याक्सिन लगाउन हिच्किचाएका छन् । यसै कारण त्यहाँ कोरोना सङ्क्रमणले जनजीवनमा धेरै असर पारेको छ । अहिले ५८ प्रतिशत अमेरिकी कोरोना भ्याक्सिनबाट इम्युन भएको जनाइएको छ ।

रोग नियन्त्रणमा केन्द्र (सीडीसी) मा १५ वर्षदेखि काम गरिरहेका डा. लाङ्गरियन ८० देखि ९० प्रतिशतमा सङ्क्रमण भए वा भ्याक्सिन लगाइसकेपछि यो नियन्त्रणमा आउन सक्ने आशा गर्छन् । दादुरा रोगबाट मुक्ति पाउन ९५ प्रतिशतभन्दा बढीलाई भ्याक्सिन लगाइएको थियो ।

डा. लाङ्गरियनले कुनै पनि भ्याक्सिन नलगाएका मानिसहरूको क्लस्टार नै रहेको र त्यहाँ अझै पनि दादुरा फेला परेको बताएका छन् । उनले यस अवस्थालाई इन्डेमिक भन्न नमिल्ने र शून्य अवस्थाबाट बाहिर रहेको मात्र भन्न सकिने बताएका छन् ।

सीडीसीले कोरोना भाइरसको सङ्क्रमण रोक्न अझ धेरै काम गर्न आवश्यक रहेको जनाएको छ । अहिले अमेरिकामा दैनिक हजारभन्दा बढीको ज्यान गइरहेको छ, भने ७० हजारभन्दा बढीमा सङ्क्रमण फेला पर्ने गरेको छ ।

अस्पतालमाथिको दबाब यथावत् छ । यस अवस्थामा पाँच वर्षभन्दा माथिका सबैमा भ्याक्सिन लगाउनुको कुनै विकल्प नरहेको सीडीसीका प्रवक्ता क्रिस्चियन लर्डलन्डको भनाइ छ ।

भ्याक्सिन लगाउने, मास्क लगाउने, दूरी कायम गर्ने, लगातार हात धुने र संक्रमण भए घरमै बस्ने प्रक्रिया निरन्तर कायम राख्न पनि सीडीसीले बारम्बार अनुरोध गरेको छ । स्वास्थ्यकर्मीहरू भ्याक्सिनेसनको दर बढाउन जोडले लागिपरेका छन् ।

सीडीसीले ६ महिनाभन्दा बढी उमेरका सबैलाई वर्षको एकपटक फ्लुको भ्याक्सिन लिन पनि अनुरोध गरेको छ । सीडीसीको यो अनुरोधको बाबजुद गत वर्ष ५१ प्रतिशतले मात्र यस्तो भ्याक्सिन लिएका थिए ।

सन् २०२२ को वर्षभरिका लागि नयाँ योजना बनाउन आवश्यक रहेको उनले बताएका छन् । कम इम्युन भएका मानिसहरूको बसोबास धेरै भएको स्थानमा यस्तो क्षमता अझ बढाउनु पर्नेमा उनको जोड छ ।

अमेरिकामा सन् २०१० देखि सन् २०२० को बीचमा रुघाका कारण वार्षिक १२ हजारदेखि ५२ हजार व्यक्तिको ज्यान जाने गरेको थियो । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ७ लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ । यसै कारण हरेक वर्ष रुघासँगको लडाइँजस्तै कोरोना भाइरससँगको लडाइँ पनि कायम रहने धेरैको अनुमान छ ।

सीडीसीका निर्देशक रोचेल वालेन्सकी यो इन्डेमिकको अवस्थामा पुग्ने समय पत्ता लगाउन अझ धेरै डाटा आवश्यक पर्ने बताउँछन् । उनले यो अवस्थामा केही महिनामा पार भएर इन्डेमिकमा पुग्न सकिने अनुमान गरेका छन् ।

सिनेटको सुनुवाइमा बोल्दै वालेन्सकीले पेन्डेमिकबाट इन्डेमिकको अवस्थामा पुगेको थाहा पाउने उत्कृष्ट मापक के हुन सक्छ भन्नेमा अझै अन्योल रहेको बताए ।

अहिले धरै व्यक्ति भ्याक्सिन लगाउन हिच्किचाइरहेकोले अमेरिकाले सुरुमै भ्याक्सिन लगाएकाहरूलाई बुस्टर डोज पनि उपलब्ध गराएको छ । यो महामारी चाँडो नियन्त्रणका लागि बुस्टर डोज पनि तीव्र गतिमा दिन आवश्यक रहेको जनाइएको छ ।

अहिले पनि अमेरिकामा ७ करोड मानिस भ्याक्सिन लगाउन बाँकी छन् । वालेन्सकीले यति धेरै मानिसले भ्याक्सिन नलगाउँदा अर्को ठूलो लहर निम्तिन सक्ने चेतावनी दिएका छन् । अहिले अमेरिकामा चार लाखको हाराहारीले बुस्टर डोज लगाएका छन् ।

सीडीसीले स्वास्थ्य विभाग, प्रयोगशाला, अस्पताल र अन्य स्वास्थ्य प्रदायक संस्थासँग सहकार्य गर्दै रुघा र सिजनल एन्फ्लुएन्जाका कारण भएका अस्पताल भर्ना, सङ्क्रमण र मृत्युदरको डाटा तयार गर्दै छ । यसको अर्थ कोरोना भाइरसको सङ्क्रमण इन्डेमिक अवस्थामा पुग्न कति समय लाग्छ भन्ने पत्ता लगाउनु हो ।

सरुवा रोग विशेषज्ञ डा. स्टेफन पारोडीले यो इन्डेमिकको अवस्थामा पुगेपछि कुनै ऋतुमा कति स्वास्थ्य जनशक्ति आवश्यक पर्छ र दीर्घकालीन रूपमा कसरी तयारी गर्नुपर्छ भनेर योजना बनाउन पनि डाटा आवश्यक रहेको जनाएका छन् ।

देशको आइसीयू क्षमता, त्यहाँको आपूर्तिको चेन, आवश्यक औषधि, पर्याप्त मोनोकल एन्टिबडिज लगायत सधैँका लागि तयार राख्नुपर्ने उनको भनाइ छ ।

सन् २०२२ को वर्षभरिका लागि नयाँ योजना बनाउन आवश्यक रहेको उनले बताएका छन् । कम इम्युन भएका मानिसहरूको बसोबास धेरै भएको स्थानमा यस्तो क्षमता अझ बढाउनु पर्नेमा उनको जोड छ ।

डा. मोन्टोले रुघाले पनि गएका वर्षहरूमा भन्दा यस वर्ष बढी सताएको अनुभव गरेका छन् । यो क्रम सन् २०२२ मा अझ बढ्न सक्ने उनको अनुमान छ ।

श्वासप्रश्वाससम्बन्धी रोगले अमेरिकामा बढी असर गरेको होला तर अन्यत्र पनि मानिसहरू पूर्णरूपमा मुक्त छैनन् । अबको अवस्थामा सुरक्षित रहने कुरा राज्यको नीतिमा भन्दा बढी मानिसको जीवनशैलीमा निर्भर रहनेछ ।

त्यसो त पछिल्लो समय नेपालमा धन थुपार्ने प्रतिस्पर्धाको डोजरे विकास, अप्राकृतिक जीवनशैली र कमजोर स्वास्थ्यसेवा प्रणालीका कारण हामी नेपाली पनि असुरक्षित बन्दै गएका छौँ । महामारी र यसपछिको इन्डेमिक समयमा हुने लापरबाहीले हामीलाई थप असुरक्षित बनाउने छ ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : ०९ बजे

नेपालमा निर्वाचन : पद्म शमशेरकहाँ मङ्गलादेवीको धर्ना, ढ्वाङको रङले छुट्टिएका मतदाता

काठमाडौं- नेपालका राजनीतिक दलहरू यतिबेला मंसिर १६ मा हुन गइरहेको स्थानीय

राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

डडेल्धुरा– आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या

२८५ कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस

काठमाडौं– सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको बैठकले २८५ जना कैदीबन्दीलाई

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष