चुनावमा कांग्रेस कसैसँग तालमेल गर्दैन : नेता सिंह « Khabarhub

चुनावमा कांग्रेस कसैसँग तालमेल गर्दैन : नेता सिंह


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्न जरूरी नरहेको बताएका छन् ।

सत्ता गठबन्धनका दलबीच आगामी निर्वाचनमा तालमेल हुने नेताहरूले नै बताइरहेका बेला कांग्रेसका पूर्वमहामन्त्री सिंहले भने, ‘कांग्रेसले कसैसँग तालमेल गर्न जरूरत छैन । आफूनै बलबुतामा लड्नुपर्छ ।’

कांग्रेस आफ्नै एजेण्डामा निर्वाचनमा उभिउनुपर्ने बताउँदै सिंहले आर्थिक सम्पन्नता दिलाउन र कांग्रेस नेतृत्वमा प्राप्त अधिकार संस्थागत गर्नुपर्ने बताए । ‘त्यसपछि मात्र गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जलि मानिनेछ,’ गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने ।

सिंहले अर्ली इलेक्सनबारे सोधिएको प्रश्नमा घुमाउरो जवाफ दिए । ‘अर्ली इलेक्सन विधिसम्वत होस् । तर, संविधान र विधि अनुसार गर्नुपर्छ । संविधानको मर्म र भावनाबाहिर गएर कुनै पनि चुनाव हुनु हुँदैन,’ उनले भने ।

राजनीतिक समिति संविधानविपरीत : सिंह

सत्ता गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएको छ । यो समितिको एमालेले विरोध गरेको छ ।

कांग्रेस नेता सिंह पनि समितिको विपक्षमा उभिएका छन् । ‘अहिलेको अवस्थामा राजनीतिक समन्वय समिति त्यति आवश्यक छ भन्ने लाग्दैन, यो समिति सरकारभन्दा माथि हुन जान्छ, संविधानविपरीत हुन जान्छ,’ उनले भने ।

कम्युनिष्ट पार्टीमा सरकारलाई पनि कन्ट्रोल गर्ने मेकानिजम हुने गरेको उल्लेख गर्दै सिंहले भने, ‘ डेमोक्र्याट पार्टीमा यस्तो समितिको आवश्यकता नभई किन बनाउनु भयो ? राज्य सरकारले सञ्चालन गर्ने हो । पार्टी (कांग्रेस) सभापतिको नेतृत्वमा सरकार छ । सरकारभन्दा माथिजस्तो गरेर समिति बनाउनु संवधानविपरीत हुन जान्छ ।’

 

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : ३६ बजे

कमजोर नौसेना भए पनि उस्तै छ स्ट्रेट अफ होर्मुजमा इरानको दबदबा

तेहरान- इरानले बुधबार दुई व्यापारिक जहाज नियन्त्रणमा लिएको छ। अमेरिकी

प्रहरी प्रतिष्ठान स्थानान्तरण नहुने

काठमाडौं- सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रक्षिण प्रतिष्ठान स्थानान्तण नगर्ने निर्णय

२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने

लन्डन- बेलायतले भावी पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै दीर्घकालीन

सम्भावित एकताका लागि सुदन र हर्क छलफलमा

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र प्रलोपा छोडेर

मानव–वन्यजन्तु द्वन्द्व अन्त्य गर्न ‘बाघ मित्र’अभियान

बागमती– बाघलगायत वन्यजन्तुबाट हुने क्षतिका घटना घटाउन पर्सा राष्ट्रिय निकुञ्जले