नारायणगढमा बस दुर्घटना हुँदा ४६ यात्रु सामान्य घाईते « Khabarhub

नारायणगढमा बस दुर्घटना हुँदा ४६ यात्रु सामान्य घाईते


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – कोहलपुरबाट सौराहा आउँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको छ ।

सौराहा घुम्ने यात्रु बोकेको भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो ।

बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए ।

‘यात्रु सामान्य घाइते छन् । चार/पाँच जना यात्रु त आफूखुसी उपचार गर्न जानुभएछ । बसभित्रबाट प्रहरीले उद्दार गरेका ४० जनाको अवस्था पनि सामान्य छ’, उनले भने, ‘चालकसँग सोधपुछ गरेका छौँ । चालक पनि सामान्य घाइते छन् । उनलाई च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरेको हो ।’

बसका चालक रमेशकुमार कर्णले मापसे गरेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : ४४ बजे

अफगानिस्तानमा पहिरो, ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– अफगानिस्तानको पूर्वी क्षेत्र कापिसा प्रान्तमा शुक्रबार राति गएको पहिरोले

छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत– जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा मोटरेबल

ट्रम्पले इरानमाथि दबाब बढाउँदै, अमेरिकी सैन्य उपस्थिति बलियो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै

गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

जानकी– थोरै लगानी, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग र निरन्तर मेहनतबाट

आर्टेमिस द्वितीयको प्रक्षेपणतर्फ अर्को परीक्षण

एजेन्सी – चन्द्रमामा मानव फर्काउने महत्त्वाकांक्षी योजनाअन्तर्गत नासाले आर्टेमिस द्वितीय