दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, तीन महिनाभित्रै विद्युत उत्पादन गर्ने | Khabarhub Khabarhub

दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, तीन महिनाभित्रै विद्युत उत्पादन गर्ने


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको दोर्दीखोलामा निर्माणधीन १२ मेगावाटको दोर्दी-१ जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको बाँध क्षेत्रको सिभिल निर्माणको काम अन्तिम चरणमा पुगेपनि गत असार १ गते आएको बाढीले आयोजनाको डिसान्डरको सुरक्षित पर्खाल, स्टिलिङ बेसीनमा क्षति पुगेको कम्पनीले जनाएको छ ।

आयोजनाको बाँध क्षेत्रको सिभिल संरचना निर्माणको काम सकिएको आयोजना प्रबन्धक उज्वल सिलवालले बताए । उनका अनुसार विद्युतगृहको काम पनि अन्तिम चरणमा पुगेको छ ।

विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम अन्तिम चरणमा पुगेको थियो । तर, गत असारमा आएको बाढी पसेर मेसिन हलनै ढुवानमा परेको थियो । अहिले इलेक्ट्रोमेकानिकल उपकरण सफा गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।

आयोजनाको सिभिल संरचना निर्माणको काम पुरा गरी साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य थियो । तर कोरोना र बाढीका कारण निर्माण अवधि पछाडि धकेलिएको छ । अब आयोजनाको सबै काम पूरा गरेर पुसभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाको ७ सय ३५ मिटर पेनस्टक पाइपमध्ये २५ मिटर पाइप जडान हुन बाँकी रहेको प्रमुख सिलवालले बताए ।

प्रमुख सिलवालले भने आयोजना आफैले सबस्टेसनसम्म आवश्यक पर्ने साढे ३ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभी कीर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ ।

आयोजनाले प्रसारण लाइनको १५ वटा टावर निर्माण पनि गरीसकेको छ । ०७४ साल चैतबाट सुरु भएको आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजनामा सानिमा बैंकको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : ३० बजे

सिराहामा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ

सिराहा– यहाँको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा

राष्ट्रिय महत्वका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका छौँ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक

अर्थमन्त्री पौडेल भन्छन्- सडकलाई हिलो र धुलोरहित बनाउन सरकार लागिरहेको छ

काठमाडौं– उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय महत्वका सडक

‘कुलिङ पिरियड’ प्रकरणमा रास्वपाले रामहरिलाई भन्यो- राजीनामा दिनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन

रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ परे अदालबाट दोषी ठहर अर्थराज

विराटनगर- सहकारी ठगी प्रकरणमा सर्वोच्च अदालतलेसमेत थुनामै राख्न आदेश दिइएका