ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु « Khabarhub

ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन् । उनले बसका घाइते १५ यात्रु र ट्रकको चालकको हेटौँडास्थित चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : ४६ बजे

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

काठमाडौं – पश्चिम बङ्गालमा मतदाता सूचीसम्बन्धी विवादकाबीच बिहीबारदेखि मतदान सुरु भएको

विद्यार्थीको नारा : नयाँ सरकारको उपलब्धि धन नै धन (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विभिन्न मागसहित सरकारविरुद्ध प्रदर्शन गरेका छन्

गृहमन्त्रीको राजीनामापछि पहिलो मन्त्रिपरिषद् बैठक

काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। गृहमन्त्री सुदन गुरुङले

संविधान संशोधन कार्यदलको दोस्रो बैठक बस्दै

काठमाडौं–  ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ– बबई गाउँपालिका वडा नं. १ र ५ लाई जोड्न