सिन्धुलीमा आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी « Khabarhub

सिन्धुलीमा आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाइ नगरपालिकाको स्टल बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले एक विज्ञप्ति जारी गदै आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म कमलामाई नगरपालिकाको स्टलबजार, जुनारचोक, बसपार्क, ग्वाङ्खोला पुल, हस्पिटल रोड क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला सुरक्षा समिति सिन्धुलीको सिफारिस तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३क बमोजिल निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधित क्षेत्रमा शान्ति सुरक्षामा खलल पुग्ने कुनै किसिमका सभा, समारोह तथा जुलुस गर्न नपाइने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

सिन्धुली सदरमुकाममा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद हुँदा प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धि प्रकाश सिटौलाले खबरहबलाई जानकारी दिए ।

सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो । कार्यक्रममा सहभागी हुन पोखरेलले मंगलबार नै सिन्धुलीगढी पुगेका छन् ।

तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाएको छ । गठबन्धनका दलका कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका थिए भने एमालेका कार्यकर्ताहरु पनि ठूलो संख्यामा भेला भएका थिए । अप्रिय घटना हुन नदिन त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ११ : ४१ बजे

कंक्रिट मोहले मौलिकता गुमाएको बारपाक (तस्बिरहरू)

काठमाडौं– गोरखा जिल्लाकै सबैभन्दा ठूलो, घना बस्ती भएको बारपाकले अहिले

गत चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौं– गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३०

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

काठमाडौं – पश्चिम बङ्गालमा मतदाता सूचीसम्बन्धी विवादकाबीच बिहीबारदेखि मतदान सुरु भएको

विद्यार्थीको नारा : नयाँ सरकारको उपलब्धि धन नै धन (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विभिन्न मागसहित सरकारविरुद्ध प्रदर्शन गरेका छन्