पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री देउवाले भने– राजतन्त्र चाहिए राजनीति गरे भइहाल्यो नि | Khabarhub Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री देउवाले भने– राजतन्त्र चाहिए राजनीति गरे भइहाल्यो नि


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र संविधान विरोधीसँग सतर्क हुनुपर्ने बताएका छन् ।

संसारकै समावेशी संविधान बनेको भन्दै प्रधानमन्त्री देउवाले गणतन्त्रको खिलापमा अनेक गतिविधि भइरहेको भन्दै यसमा सबैले ध्यान दिनुपर्ने बताए ।

गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले पछिल्लो समय देशमा राजतन्त्र पुनर्स्थापनाको कुरा आएको भन्दै गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको जिकिर गरे । देउवाले राजतन्त्र चाहिए राजनीतिमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती पनि दिए ।

‘अब कुरा आयो राजतन्त्र पुनर्स्थापना गर्ने । गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले कहाँ ल्याएको हो र?’ देउवाले भने, ‘मैले सरकार सबै चढाउँछु, जे पनि चढाउन तयार छु । तर प्रजातन्त्रविरुद्ध जान सक्दिनँ सरकार भने । तर मलाई थुन्दियो । त्यसकारण एकाएक जनता तातिए । प्रजातन्त्र आइसकेको देशमा । प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यसकारण जनता आए । अन्तिम लडाइँ लडे । गणतन्त्र आयो । संविधान बन्यो ।’

गणतन्त्र र संविधानको खिलापमा मान्छे लाग्न सक्ने, सहयोग गर्न सक्ने तथा अनेक गर्न सक्ने भन्दै उनले यसमा आफूहरुले ध्यान दिनुपर्ने बताए । राजतन्त्र चाहिए राजनीति गरे भइहाल्यो नि भन्दै देउवाले थपे, ‘यसकारण प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । उनीहरु चुनाव लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ? त्यसकारण प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरु केही हुन सक्दैन । अहिले राम्रो संविधान छ । सबैको अधिकार समेटेको छ । केही समस्या छन् भने त्यसलाई हामीले प्रजातान्त्रिक तरिकाबाटै मिलाउनुपर्छ ।’

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १ : ४६ बजे

प्रधानमन्त्रीले भने- देशमा चौतर्फी विकास हुँदैछ, आत्मनिर्भर बन्दैछ

ललितपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं ललिपुरको ग्वार्कोस्थित ओभरपासको शुक्रबार

सातामा शेयरबजार : कारोबार रकम बढे पनि २६ अङ्कले गिरावट

काठमाडौँ – असार पहिलो साता अर्थात असार १ गतेदेखि ५

प्राकृतिक प्रकोपपछिको उद्धार-राहतमा तयार रहन प्रचण्डको आग्रह

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपपछिको

भुटानी शरणार्थीको पीडा दर्शाउने फोटो प्रदर्शनी (तस्बिरहरू)  

काठमाडौं- प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पसमा द युएन रिफ्युजेस एजेन्सी

कार्यालय छुट्ने समयमा उद्घाटन गर्दा ओभरपासमै जाम (तस्बिरहरू)

ललितपुर– ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास शुक्रबार प्रधानमन्त्री केपी ओली