पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री देउवाले भने– राजतन्त्र चाहिए राजनीति गरे भइहाल्यो नि « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री देउवाले भने– राजतन्त्र चाहिए राजनीति गरे भइहाल्यो नि


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र संविधान विरोधीसँग सतर्क हुनुपर्ने बताएका छन् ।

संसारकै समावेशी संविधान बनेको भन्दै प्रधानमन्त्री देउवाले गणतन्त्रको खिलापमा अनेक गतिविधि भइरहेको भन्दै यसमा सबैले ध्यान दिनुपर्ने बताए ।

गणेशमान स्मृति शान्ति प्रतिष्ठानको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले पछिल्लो समय देशमा राजतन्त्र पुनर्स्थापनाको कुरा आएको भन्दै गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको जिकिर गरे । देउवाले राजतन्त्र चाहिए राजनीतिमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती पनि दिए ।

‘अब कुरा आयो राजतन्त्र पुनर्स्थापना गर्ने । गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले कहाँ ल्याएको हो र?’ देउवाले भने, ‘मैले सरकार सबै चढाउँछु, जे पनि चढाउन तयार छु । तर प्रजातन्त्रविरुद्ध जान सक्दिनँ सरकार भने । तर मलाई थुन्दियो । त्यसकारण एकाएक जनता तातिए । प्रजातन्त्र आइसकेको देशमा । प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यसकारण जनता आए । अन्तिम लडाइँ लडे । गणतन्त्र आयो । संविधान बन्यो ।’

गणतन्त्र र संविधानको खिलापमा मान्छे लाग्न सक्ने, सहयोग गर्न सक्ने तथा अनेक गर्न सक्ने भन्दै उनले यसमा आफूहरुले ध्यान दिनुपर्ने बताए । राजतन्त्र चाहिए राजनीति गरे भइहाल्यो नि भन्दै देउवाले थपे, ‘यसकारण प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । उनीहरु चुनाव लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ? त्यसकारण प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरु केही हुन सक्दैन । अहिले राम्रो संविधान छ । सबैको अधिकार समेटेको छ । केही समस्या छन् भने त्यसलाई हामीले प्रजातान्त्रिक तरिकाबाटै मिलाउनुपर्छ ।’

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १ : ४६ बजे

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

काठमाडौं – पश्चिम बङ्गालमा मतदाता सूचीसम्बन्धी विवादकाबीच बिहीबारदेखि मतदान सुरु भएको

विद्यार्थीको नारा : नयाँ सरकारको उपलब्धि धन नै धन (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विभिन्न मागसहित सरकारविरुद्ध प्रदर्शन गरेका छन्

गृहमन्त्रीको राजीनामापछि पहिलो मन्त्रिपरिषद् बैठक

काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। गृहमन्त्री सुदन गुरुङले

संविधान संशोधन कार्यदलको दोस्रो बैठक बस्दै

काठमाडौं–  ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ– बबई गाउँपालिका वडा नं. १ र ५ लाई जोड्न