पाँच दलीय गठबन्धन निर्वाचनसम्मै कायम राख्नुपर्छ : गृहमन्त्री खाँण « Khabarhub

पाँच दलीय गठबन्धन निर्वाचनसम्मै कायम राख्नुपर्छ : गृहमन्त्री खाँण


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धनविना एमालेलाई निर्वाचनमा परास्त गर्न कठिन हुने बताएका छन् । एमालेलाई हराउन पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्नेमा पनि उनले जोड दिएका छन् ।

नेपाल महिला संघ रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।

‘कांग्रेस एक्लैले एमालेलाई हराउन सजिलो छैन, पार्टीको भविष्य सुरक्षित गर्न पनि गठबन्धन निर्वाचनसम्मै कायम गरिनुपर्छ,’ उनले भने । आफ्नै पार्टीका केही युवा नेताले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने धारणा राखिरहेका बेला गृहमन्त्री खाँणको यस्तो भनाइ आएको हो । उनी पार्टीमा प्रधानमन्त्री देउवा निकट मानिन्छन् ।

आगामी तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहे मात्र कांग्रेस सुरक्षित हुने उनको भनाइ छ । ‘कांग्रेसले पहिले गुमेको साख फिर्ता ल्याउन पनि गठबन्धन गरेर आफू सुरक्षित हुने हिसाबले चुनावमा जानुपर्छ, नभए निर्वाचन लड्न कठिन हुनेछ,’ उनले भने ।

गृहमन्त्री खाँणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने पनि बताए । ‘कांग्रेसलाई सवल, सक्षम र बलियो पार्टी बनाउन प्रधानमन्त्री र सभापति एउटै व्यक्ति हुनुपर्छ,’ उनले भने । पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति भए मात्र आमनिर्वाचन पनि सफल हुने उनको भनाइ छ ।

स्थानीय तहदेखि केन्द्रीय निर्वाचन कांग्रेसले मात्रै गरेको उदाहरण दिँदै गृहमन्त्री खाँणले पाँच दलीय गठबन्धन बचाउँदै चुनावसम्म लैजानु पर्ने र कांग्रेसलाई सवल, सक्षम, जिम्मेवार र बलियो पार्टीको रुपमा स्थापित गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : १५ बजे

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

काठमाडौँ– डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर