एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लाग्यो : अध्यक्ष नेपाल « Khabarhub

एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लाग्यो : अध्यक्ष नेपाल


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको बताएका छन् ।

बुधबार डडेल्धुरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको बताए।

उनले आफूहरू एस हुने वितिक्कै एमाले नो भएको टिप्पणी गरे । उनले भने, ‘हामी इन एमाले आउट, डडेल्धुरामा पनि समाजवादी एस र एमाले आउट भयो ।’

उनले एकीकृत समाजवादी एउटा अभियान भएको दाबी गरे । कम्युनिस्ट आन्दोलनलाई उचाइँमा पुर्‍याउन नयाँ संकल्पका साथ र एमालेले आन्दोलन गरेर खडा भएको कम्युनिस्ट आन्दोलनको आदर्श रक्षा गर्न, देश र जनताको हितमा एक ढिक्का भएर अगाडि बढ्न नयाँ पार्टी बनाएको उनको भनाइ छ।

‘आउँदो चुनावमा केपी शर्मा ओली गुटको ‘पत्तासाफ’ हुन्छ । आउँदो चुनावसम्म पाँच दलको हालकै गठबन्धन कायम रहन्छ,’ उनले भने, ‘त्यो पाँचै दलबीच सहमति भइसकेको छ । केपी गुटको पत्तासाफ गरिदिनेछौं ।’

उनले एमाले पार्टीको अब भविष्य नरहेको पनि तर्क गरे । ओली गुटमा गएका मान्छेहरू पनि अहिले पछुताइरहेको उनले जिकिर गरे । उनीहरू त्यसबाट कसरी उम्किने भनेर उपायको खोजी गरिरहेको अध्यक्ष नेपालले दाबी गरे ।

भीम रावललगायतका नेताहरूप्रति लक्षित गर्दै उनले ओली कहिले नसुध्रिने भन्दै विद्रोह गरेर समाजवादीमा आउन आग्रहसमेत गरे ।

आफूहरू अहिले कलम लिएर मेचीदेखि महाकालीसम्मको अभियानमा उभिएको उनले बताए । न्यायाको पक्षमा उभिने कलम नै सही रहेछ भनेर जनताले चिन्ने उनको दाबी छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : ३० बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्