पाउलो कोएलोले सम्झिए नेपाली पाठक « Khabarhub

पाउलो कोएलोले सम्झिए नेपाली पाठक


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वप्रसिद्ध ब्राजिलियन लेखक पाउलो कोएलोले आफ्नो कृति ‘हिप्पी’का नेपाली पाठकलाई भिडियो सन्देश पठाएका छन् । प्रकाशक फाइनप्रिन्टले ‘हिप्पी’को नेपाली अनुवाद सार्वजनिक गरेको सन्दर्भमा उनले उक्त सन्देश पठाएका हुन् ।

पाउलोले भिडियोको सुरुवातमा भनेका छन्, ‘यो दृश्य सामग्री नेपाली साथीहरूका लागि हो । म र मेरा कृतिलाई माया गरिदिएकामा तपाईंहरूलाई धेरै धेरै धन्यवाद ।’ पाउलोलाई अति मन पराउने लेखक बुद्धिसागरलाई समेत उनले सम्झिएका छन् ।

विश्वविख्यात लेखक पाउलोको पुस्तक अंग्रेजीमा पढ्न नसक्नेहरूका लागि हिप्पीको यो अनुवाद उपयोगी हुने लेखक बुद्धिसागरले बताए । ‘अन्तर्राष्ट्रिय पुस्तक आफ्नै भाषामा पढ्न पाउनु नेपाली पाठकका लागि खुसीको विषय हो,’ उनले भने ।

हिप्पीको नेपाली संस्करण फाइनप्रिन्टले प्रकाशन गरेको हो । जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन केटाको कथा हो— हिप्पी । बोके दारी र लामो दारी पालेको पाउलोले याम्स्टड्र्याममा कार्ला नामकी डच युवतीलाई भेट्छन्, जो हिप्पी टे«ल पछ्याउँदै काठमाडौं जानका लागि साथी खोजिरहेकी हुन्छन् । उनीसँगै पाउलो काठमाडौंका लागि हिँड्छन्, म्याजिक बस चढेर । अनि सुरु हुन्छ, उनीहरूको जीवन परिर्वतन गर्ने प्रेमकथा । हिप्पीको नेपाली अनुवाद लेखक सुरेश बडालले गरेका हुन् ।

विश्वव्यापी रूपमा ६ करोड ५० लाख प्रति बिक्री भएको र ८० भन्दा बढी भाषामा अनूदित भएको द अल्केमिस्टका लेखक हुन्, कोएलो ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : ३८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४