भारतीय चुनाबमा गौतम गम्भीरको बाउन्ड्री नै बाउन्ड्री ! « Khabarhub

भारतीय चुनाबमा गौतम गम्भीरको बाउन्ड्री नै बाउन्ड्री !


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व ओपनिङ ब्याट्सम्यान गौतम गम्भीर लोकसभा चुनावमा विजयी भएका छन् ।

भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट चुनावी मैदानमा उत्रिएका गम्भीरले ३ लाख ९१ हजार भन्दा बढी मत ल्याएर आफ्ना निकटम प्रतिद्वन्द्वी कांग्रेसका अरविंदर सिंह लवलीलाई पराजित गरेका हुन् । गम्भीर पूर्वी दिल्‍लीबाट चुनावमा उठेका थिए ।

गौतम गम्भीरको जितसँगै भारतीय क्रिकेट टोलीका स्पिनर हरभजन सिंहले बधाइ दिएका छन्। हरभजन सिंहले ट्वीटमा लेखेका छन– भारी मतका साथ जितका लागि शुभकामना गौतम गम्भीर ! भाजपालाई थप शक्ति मिल्यो ।

क्रिकेट मैदानमा आक्रामक र महशुर रहने गम्भीरले राजनीतिमा पनि पनि जबरजस्त शुरुवात गरेका छन् । खेल जीवनपछि उनले पहिलो पटक राजनीतिमा पाइला टेकेका हुन् । गम्भीरले २००८ को टी ट्वान्टी विश्वकपमा भारतीय टीमलाई जित दिलाउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए । यसका साथै उनले २०११ को आईसीसी विश्व कप क्रिकेटको फाइनलमा श्रीलंकाविरुद्ध ९७ रन बनाएका थिए ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ११ : १६ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी