फर्जी सदस्यता थपेको भन्दै कांग्रेस बाँकेको निर्वाचन कार्यालयमा तालाबन्दी « Khabarhub

फर्जी सदस्यता थपेको भन्दै कांग्रेस बाँकेको निर्वाचन कार्यालयमा तालाबन्दी


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपाली कांग्रेस बाँकेमा असन्तुष्ट पक्षहरूले १४औं महाधिवेशनलाई प्रभावित पार्ने गरी पार्टीको निर्वाचन कार्यालयमा बुधबार साँझ तालाबन्दी गरेका छन् । पार्टीको संस्थापन पक्षले एकलौटी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यले फर्जी नाम थप गर्नको लागि पहल गरेको भन्दै निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको हो ।

बाँके निर्वाचन क्षेत्र नम्बर १, बैजनाथ गाउँपालिकाको ८ र खजुरा गाउँपालिका ३ मा गरी २ सय ३९ जनाको नाम छुटेको भन्दै थप्नका लागि
केन्द्रीय निर्वाचन कार्यालय सानेपामा पठाइएको जानकारी आफूहरूले पाएपछि तालाबन्दी गर्नु परेको बाँके निर्वाचनका प्रत्याशी बन्ने तयारीमा रहेका पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले जानकारी दिए ।

बाँके निर्वाचन क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवादका कारण तोकिएको मितिमा हुन नसकेको वडा अधिवेशन विवाद समितिले सुल्झाएर कात्तिक २७ गते सम्पन्न गर्नेगरी तयारी गरेको थियो । तर, एक्कासि क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीलगायतको टोलीले २ सय ३९ जनाको नाम छुटेको भन्दै केन्द्रीय निर्वाचन कार्यालय सानेपामा पठाएपछि विवाद चुलिएको नेविसंघ बाँकेका अध्यक्ष पूर्ण शर्माले जानकारी दिए ।

तालाबन्दी गर्दा पार्टी सभापति किरण कोइरालालगायतका पदाधिकारीको सहभागिता रहेको शर्माले बताए । उनले भने, ‘संस्थापनले पेलेर जानखोजे आफूहरू जस्तोसुकै मूल्य चुकाउन पनिपछि नपर्ने तर, थप्नको लागि पठाएको नाम खारेज नगरेसम्म वडा तहका निर्वाचनका कुनै पनि प्रक्रिया अघि बढ्न दिँदैनौं ।’

पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाको गृह जिल्लामा संस्थापन पक्षले पेलेरै जाने नीति बनाएको स्थानीय नेताहरूको गुनासो छ । क्रियाशील सदस्य बारे सबैभन्दा बढी विवाद क्षेत्र नम्बर १ मै थियो ।

आउँदो २७ गते वडा अधिवेशनको तयारीमा रहेको बेलामा निर्वाचन परिणाम नै प्रभावित बनाउने गरी फर्जी व्यक्ति थप्न खोजेका कारण तालाबन्दी गर्न बाध्य भएको कांग्रेस नेता केसीले बताए । उनले भने, ‘लोकतान्त्रिक पार्टी विधि विधान र पद्धतिबाट चल्नुको सट्टा एक व्यक्तिलाई क्षेत्रीय सभापति बनाउने मोहमा संस्थापन पक्षले सबै कुरा मिचेर जानथालेपछि विरोधमा उत्रिनुको विकल्प रहेन ।’

असन्तुष्ट पक्षले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि पार्टी कार्यालय परिसरबाट बाहिरिँदै गरेका प्रमुख निर्वाचन अधिकृत तोकिएका अधिवक्ता रेवती रमण भट्टराईले बाँकेमा क्रियाशील सदस्यता थपेको बारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : १३ बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्