फर्जी सदस्यता थपेको भन्दै कांग्रेस बाँकेको निर्वाचन कार्यालयमा तालाबन्दी « Khabarhub

फर्जी सदस्यता थपेको भन्दै कांग्रेस बाँकेको निर्वाचन कार्यालयमा तालाबन्दी


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपाली कांग्रेस बाँकेमा असन्तुष्ट पक्षहरूले १४औं महाधिवेशनलाई प्रभावित पार्ने गरी पार्टीको निर्वाचन कार्यालयमा बुधबार साँझ तालाबन्दी गरेका छन् । पार्टीको संस्थापन पक्षले एकलौटी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यले फर्जी नाम थप गर्नको लागि पहल गरेको भन्दै निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको हो ।

बाँके निर्वाचन क्षेत्र नम्बर १, बैजनाथ गाउँपालिकाको ८ र खजुरा गाउँपालिका ३ मा गरी २ सय ३९ जनाको नाम छुटेको भन्दै थप्नका लागि
केन्द्रीय निर्वाचन कार्यालय सानेपामा पठाइएको जानकारी आफूहरूले पाएपछि तालाबन्दी गर्नु परेको बाँके निर्वाचनका प्रत्याशी बन्ने तयारीमा रहेका पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले जानकारी दिए ।

बाँके निर्वाचन क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवादका कारण तोकिएको मितिमा हुन नसकेको वडा अधिवेशन विवाद समितिले सुल्झाएर कात्तिक २७ गते सम्पन्न गर्नेगरी तयारी गरेको थियो । तर, एक्कासि क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीलगायतको टोलीले २ सय ३९ जनाको नाम छुटेको भन्दै केन्द्रीय निर्वाचन कार्यालय सानेपामा पठाएपछि विवाद चुलिएको नेविसंघ बाँकेका अध्यक्ष पूर्ण शर्माले जानकारी दिए ।

तालाबन्दी गर्दा पार्टी सभापति किरण कोइरालालगायतका पदाधिकारीको सहभागिता रहेको शर्माले बताए । उनले भने, ‘संस्थापनले पेलेर जानखोजे आफूहरू जस्तोसुकै मूल्य चुकाउन पनिपछि नपर्ने तर, थप्नको लागि पठाएको नाम खारेज नगरेसम्म वडा तहका निर्वाचनका कुनै पनि प्रक्रिया अघि बढ्न दिँदैनौं ।’

पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाको गृह जिल्लामा संस्थापन पक्षले पेलेरै जाने नीति बनाएको स्थानीय नेताहरूको गुनासो छ । क्रियाशील सदस्य बारे सबैभन्दा बढी विवाद क्षेत्र नम्बर १ मै थियो ।

आउँदो २७ गते वडा अधिवेशनको तयारीमा रहेको बेलामा निर्वाचन परिणाम नै प्रभावित बनाउने गरी फर्जी व्यक्ति थप्न खोजेका कारण तालाबन्दी गर्न बाध्य भएको कांग्रेस नेता केसीले बताए । उनले भने, ‘लोकतान्त्रिक पार्टी विधि विधान र पद्धतिबाट चल्नुको सट्टा एक व्यक्तिलाई क्षेत्रीय सभापति बनाउने मोहमा संस्थापन पक्षले सबै कुरा मिचेर जानथालेपछि विरोधमा उत्रिनुको विकल्प रहेन ।’

असन्तुष्ट पक्षले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि पार्टी कार्यालय परिसरबाट बाहिरिँदै गरेका प्रमुख निर्वाचन अधिकृत तोकिएका अधिवक्ता रेवती रमण भट्टराईले बाँकेमा क्रियाशील सदस्यता थपेको बारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : १३ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी