युनेस्कोको ४१ औं महासभाको बैठकमा भाग लिन शिक्षामन्त्री फ्रान्स प्रस्थान « Khabarhub

युनेस्कोको ४१ औं महासभाको बैठकमा भाग लिन शिक्षामन्त्री फ्रान्स प्रस्थान


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बुधबार फ्रान्स प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार बेलुका फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् ।

१९३ राष्ट्रको प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षा मन्त्री एवं यूनिस्कोका लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार ११ नोभेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

युनेस्कोको मुख्यालयमा ९ नोभेम्बरदेखि जारी महासभामा उनले राष्ट्रसंघीय दिगो विकास लक्ष्यको लक्ष्य नं ४ अन्तर्गत शिक्षा क्षेत्रमा भएका प्रगति, उच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

१२ नोभेम्बरमा सहभागी मुलुकका शिक्षा मन्त्रीको बैठकमा मन्त्री पौडेलले विश्वव्यापी आधुनिक शिक्षाजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यहाँ रहँदा मन्त्री पौडेलले विज्ञान तथा प्रविधि, समाज विज्ञान, आमसञ्चार, संस्कृति, जलवायु परिर्वतनलगायतका विषयमा छलफल गर्ने छन् ।

शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको युनेस्को महासभा बैठक नोभेम्बर १७ सम्म सञ्चालन हुनेछ । महासभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

महासभामा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, यूनेस्कोका लागि नेपालका सहायक महासचिव डा बाबुराम अधिकारी सहभागी हुनेछन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : ४९ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित