बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिने « Khabarhub

बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिने


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो समयको पर्खाइपछि काठमाडौँ उपत्यकावासीले दीर्घकालीन व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न पाउने भएका छन् ।

हालको व्यवस्थापनस्थल नुवाकोटस्थित सिसडोलमा फोहर व्यवस्थापन गर्न थप कठिन भएपछि काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापन गर्नेबारे चासो देखाएको हो ।

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा पहिलो सेल निर्माणको काम सम्पन्न भएकाले फोहर राख्ने काम सुरु गर्न सम्बन्ध भएका निकायसँग प्रक्रिया सुरु गरिएको बताए । “प्रक्रिया पूरा गरी आगामी मङ्सिरको दोस्रो सातादेखि फोहर राख्ने वातावरण मिलाउने कामपाको योजना छ”, प्रमुख श्रेष्ठले भने, “यस विषय प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि जानकारी गराइसकेका छौँ ।”

हाल फोहर व्यवस्थापन भइरहेको स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको छ । निर्माणाधीन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखदेखि सुरु गरे पनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ । दीर्घकालीनरुपमा फोहर राख्ने स्थानको समस्या भएको भन्दै कामपाले निर्माणको काम सक्दो छिटो सकेर हस्तान्तरण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान ९(स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि दोस्रो सेलको काम अझै सकिएको छैन ।

सहरी विकस तथा भवन निर्माण विभागले दसैँ अगावै भने बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएकाले फोहर व्यास्थान गर्न सकिने जानकारी गराइसकेको बताएको छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : ०६ बजे

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

काठमाडौँ– डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर