बेलायतमा घरपालुवा कुकुरमा पनि देखियो कोभिड | Khabarhub Khabarhub

बेलायतमा घरपालुवा कुकुरमा पनि देखियो कोभिड


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतमा एउटा घरपालुवा कुकुरमा कोभिड संक्रमण देखिएको छ ।

बेलायतका पशु चिकित्सक कार्यलयका प्रमुखले यसको पुष्टि गरेका हुन् । जनावर तथा बनस्पति स्वास्थ्य निकाय (एपीएचए) को प्रयोगशालमा गरिएको परीक्षणपछि कुकुरमा कोभिड देखिएको पुष्टि भएको हो । संक्रमित कुकुरको स्वास्थ्यमा सुधार भइरहेको छ ।

मालिकबाट कुकुरमा कोभिड सरेको बताइएको छ । यसअघि सो कुकुरका मालिकलाई कोभिड पोजेटिभ देखिएको थियो । कुकुरमा अर्को कुनै जनाबरबाट संक्रमण सरेको आधार नदेखिएकोले मालिकबाट नै सरेको एपीएचएले जनाएको छ । घरपालुवा जनावरले सीधै मानिसलाई भाईरस सारेको कुनै प्रमाण नभेटिएको एपीएचका भेटनरी अधिकृत क्रिष्टाइन मिडलमिसले बताए ।

कोभिडबाट कुकुर संक्रमित भएको यो दुर्लभ घटना हो । संक्रमित कुकुरमा कोभिडको लक्षण सामान्य देखिएको र केही दिनमै निको हुने विज्ञहरुले बताएका छन् ।

महामारीसम्बन्धी बेलायतका विज्ञ केथरिन रुसेलका अनुसार कोभिड सामान्यतया एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ तर कहिलेकाही मानिसबाट जनाबरमा पनि भाईरस सर्छ । जनाबरलाई छोएपछि मानिसले नियमित साबुन पानीले हात धुनुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ७ : ५९ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता