जनगणनाका लागि सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री देउवाको अपील (भिडियो) | Khabarhub Khabarhub

जनगणनाका लागि सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री देउवाको अपील (भिडियो)


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनाका लागि आवश्यक पर्ने सही विवरण उपलब्ध गराउन आमनागरिकसँग अपील गरेका छन् ।

जनगणनाको मूल गणना सुरु हुनु अघि भिडियो सन्देशमार्फत प्रधानमन्त्री देउवाले नागरिकले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्यांक ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन अनुरोध गरे । संघीयतापछिको पहिलो जनगणनाको मूल गणना आजबाट ९ मंसिरसम्म चल्नेछ । त्यसका लागि गणकहरु बिहान ९ बजेपछि घरदैलोमा पुग्नेछन् ।

सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न देउवाले अपील गरे ।

जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने उल्लेख गर्दै देउवाले जनगणना देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रुपमा रहेको बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ८ : २२ बजे

चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने

एजेन्सी– चीनका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि जारी राजनीतिक

बिरौटामा दूध संकलन केन्द्र, दूध बजारीकरणमा सहज

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना गरिएको

देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं– आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका

८५ प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित

काठमाडौं– आज विश्व मानसिक स्वास्थ्य दिवस नेपाल लगायत विश्वभर विभिन्न

बागलुङमा चङ्गा चेट

बागलुङ – बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा