म्यानमारमा अमेरिकी पत्रकारमाथि राजद्रोह आरोप, जन्मकैद सजाय हुन सक्ने | Khabarhub Khabarhub

म्यानमारमा अमेरिकी पत्रकारमाथि राजद्रोह आरोप, जन्मकैद सजाय हुन सक्ने


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई आतंकवाद र राजद्रोहको आरोप लगाएको छ । आरोप पुष्टि भए उनलाई जन्मकैदको सजाय हुने जनाइएको छ ।

फ्रन्टायर म्यानमारका प्रबन्ध सम्पादक डानी फेन्सटरलाई सरकारले राजद्रोहको आरोप लगाएको हो । ३७ वर्षीय फेन्सटर मे महिनामा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीमाथि लगाइएको मुद्दाको सुनुवाई अदालतमा १६ नोभेम्बरदेखि सुरु हुनेछ ।

उनीमाथि यसअघि नै सेनाबिरुद्ध विद्रोह गर्न सर्वसाधारणलाई उत्प्रेरित गरेको, गैरकानुनी संगठन खोलेको र आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको आरोप लागेको थियो ।

तर, उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी दोषी ठहर भए जन्मकैदको फैसला हुने जनाइएको छ । फेन्सटरका वकिल थान जाउ आङका अनुसार फ्रन्टायर पछिल्लो समयमा शारीरिक रुपमा कमजोर हुनुका साथै निकै दुब्लाएका छन् ।

यसै वर्षको सुरुमा सेनाले सत्ता हातमा लिएपछि भएको रक्तपातपूर्ण प्रदर्शनहरुमा हजारौं मानिसलाई पक्राउ गरी जेल हालिएको थियो । प्रदर्शनमा कम्तिमा एक हजार १७८ जना मारिएका थिए भने सात हजार ३५५ जना पक्राउ परेका थिए ।

फेब्रुवरीमा सेनाको कुपछि दर्जनौं पत्रकार पक्राउ परेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  ९ : ३५ बजे

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई

भक्तपुर औद्योगिक मेलामा ३५ लाखको कारोबार

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा

चिकित्सा शिक्षा सुधारका लागि नौबुँदे अपिल

काठमाडौं – राष्ट्रिय चिकित्सक सङ्घ नेपालले हाल सञ्चालनमा रहेका सम्पूर्ण

इलाममा ट्रक-मोटरसाइकल ठक्कर, दुईको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा आज साँझ भएको सवारी

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र