सर्वोच्चसहित उपत्यकाका अदालतमा नेपाल बारको धर्ना « Khabarhub

सर्वोच्चसहित उपत्यकाका अदालतमा नेपाल बारको धर्ना


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएको छ ।

जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वोच्च अदालतसहित काठमाडौं उपत्यकामा रहेका विशेष, उच्च र जिल्ला अदालसँगै न्यायाधिकरणमा पनि धर्ना दिँदैछ ।

बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिइने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

बारले यसअघि सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिँदै आएको थियो । प्रधानन्यायाधीशको आचरणलाई लिएर सर्वाेच्चकै न्यायाधीश पनि राजीनामा माग गरिरहेका छन् ।

कानुन व्यवसायीले आज ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका निवेदनमा सुनुवाइ नगर्न माग गरेका छन् । बारले प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू, न्याय परिषद्, न्याय सेवा आयोगलाई छुट्टाछृट्टै पत्र पठाउँदै राजीनामा नआएसम्म पेशी नतोक्न र इजलासमा नबस्न आग्रहसहित पत्र पनि पठाउँदै छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १० : ३७ बजे

सामाजिक विषयलाई उजागर गरेको चलचित्र ‘गौँथली’

काठमाडौँ– डा. भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर